Logo

२०८३, कार्तिक ६गते


images
images

पीएचपी शेल सुरक्षा जोखिमपछि केही सरकारी वेबसाइट अस्थायी रूपमा बन्द

पीएचपी शेल सुरक्षा जोखिमपछि केही सरकारी वेबसाइट अस्थायी रूपमा बन्द

images
  • पीएचपी शेल सुरक्षा जोखिमपछि केही सरकारी वेबसाइट अस्थायी रूपमा बन्द
    images
    images

    काठमाडौं । पीएचपी प्रविधिमा देखिएका गम्भीर सुरक्षा कमजोरीका कारण नेपालका केही सरकारी वेबसाइट तथा प्रणाली अस्थायी रूपमा बन्द गरिएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले जारी गरेको सूचनाअनुसार ‘पीएचपी२शेल’ नामक सुरक्षा जोखिमका कारण पीएचपीमा आधारित प्रणालीहरू प्रभावित भएका छन् । उक्त जोखिमलाई ‘सीभीई–२०२६–१०९६१८’ र ‘सीभीई–२०२६–१०९६१९’ का रूपमा पहिचान गरिएको छ । यसको गम्भीरता मापन ९.२ रहेको जनाइएको छ ।

    images
    images
    images

    केन्द्रका अनुसार यो सुरक्षा कमजोरीको दुरुपयोग गरेर आक्रमणकारीले प्रयोगकर्ताको लगइनबिनै सर्भरमा हानिकारक कोड चलाउन सक्छन् । सम्भावित क्षति रोक्न सावधानीस्वरूप केही सरकारी वेबसाइट तथा प्रणाली अस्थायी रूपमा बन्द गरिएको हो ।

    images
    images
    images

    बडादशैंको समयमा समेत सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र र सम्बन्धित प्राविधिक टोलीहरू सुरक्षा जोखिम नियन्त्रण गर्न निरन्तर खटिएको सूचनामा उल्लेख छ ।

    सुरक्षा सुधारसम्बन्धी प्याच लागू गर्ने र आवश्यक परीक्षण पूरा भएपछि बन्द गरिएका प्रणाली क्रमशः पुनः सञ्चालनमा ल्याइने केन्द्रले जनाएको छ । सेवा अवरुद्ध हुँदा परेको असुविधाप्रति केन्द्रले क्षमायाचना गर्दै सेवाग्राहीलाई धैर्य गर्न आग्रह गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पिएचपी प्रविधि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।