Logo

२०८३, कार्तिक ६गते


images
images

बिर्तामोडको बडी ग्यारेजमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

बिर्तामोडको बडी ग्यारेजमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

images
  • बिर्तामोडको बडी ग्यारेजमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु
    images
    images

    झापा । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।

    images
    images
    images

    बिहीबार बिहान करिब ४: १० बजे विद्युत् सर्ट भएर आगलागी हुँदा गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको हो । उनी उक्त क्यान्टिनमा काम गर्दै आएका थिए ।

    images
    images
    images

    ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा रवि राजवंशीले सञ्चालन गरेको ग्यारेजको क्यान्टिनमा आगलागी भएको प्रहरीले जनाएको छ । दमकल र स्थानीयवासीको सहयोगमा बिहान करिब ४: ३० बजे आगो नियन्त्रणमा लिइएको थियो ।

    images
    images
    images

    आगलागीबाट क्यान्टिनमा रहेका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र एक लाख रुपैयाँ नगद जलेर नष्ट भएका छन् । प्रारम्भिक विवरणअनुसार क्यान्टिनमा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

    ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टायल्सको गोदाममा समेत सामान्य आगलागी भएको थियो ।

    घटनामा भएको थप क्षतिको विवरण संकलन भइरहेको र आगलागीबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ग्यारेजमा आगलागी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।