काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ ।
क्यानका अनुसार काठमाडौंस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा ४१ मध्ये १५ वटा खेल हुने भएका हुन् । अन्य खेल बंगलादेशमा हुनेछन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल, भारत, आयरल्यान्ड र वेस्ट इन्डिज एउटै समूहमा रहेका छन् । आईसीसी महिला यू-१९ विश्वकप अविस्मरणीय हुने अपेक्षासहित उत्साह बढ्दै गएको क्यानले जनाएको छ । आगामी जनवरी २७ देखि फेब्रुअरी ६ सम्म खेल हुनेछ ।
समूह 'ए' मा भारत, आयरल्याण्ड, वेष्ट इन्डिज, नेपाल रहेका छन् भने समूह 'बी' मा दक्षिण अफ्रिका, न्युजिल्याण्ड, पाकिस्तान, सामोआ रेहका छन् । त्यस्तै समूह 'सी' मा अष्ट्रेलिया, बंगलादेश, नाइजेरिया, संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् भने समूह 'डी' मा इङ्गल्याण्ड, श्रीलंका, संयुक्त राज्य अमेरिका (युएसए), स्कटल्याण्ड रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology