Logo

२०८३, कार्तिक ७गते


images
images

साउदीमा ड्रोनको अवशेष लागेर नेपालीको मृत्यु भएको घटनामा परराष्ट्रले के भन्यो ?

साउदीमा ड्रोनको अवशेष लागेर नेपालीको मृत्यु भएको घटनामा परराष्ट्रले के भन्यो ?

images
  • साउदीमा ड्रोनको अवशेष लागेर नेपालीको मृत्यु भएको घटनामा परराष्ट्रले के भन्यो ?
    images
    images

    काठमाडौं । साउदी अरबको सायबह तेल क्षेत्रमा अवरोध गरिएको ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ।

    images
    images
    images

    परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै घटनामा नेपाली नागरिकको ज्यान गएकोमा गहिरो दुःख व्यक्त गरेको हो । मन्त्रालयले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

    images
    images
    images

    मन्त्रालयले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको छ ।

    images
    images
    images

    नेपालले विवादको समाधान संवाद, वार्ता र कूटनीतिक पहलमार्फत शान्तिपूर्ण रूपमा गर्नुपर्ने आफ्नो अडान दोहोर्‍याएको छ ।

    बुधबार हुथी विद्रोहीले प्रहार गरेको ड्रोनका अवशेष खस्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको थियो । मृतकको परिचय भने खुलाइएको छैन ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # परराष्ट्र मन्त्रालय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।