Logo

२०८३, आश्विन १०गते


images
images

ब्रोड पिकमा मृतक आरोहीहरुको शव ल्याउन आवश्यक समन्वय र सहजीकरण गरिरहेका छौं: परराष्ट्र मन्त्रालय

ब्रोड पिकमा मृतक आरोहीहरुको शव ल्याउन आवश्यक समन्वय र सहजीकरण गरिरहेका छौं: परराष्ट्र मन्त्रालय

images
  • ब्रोड पिकमा मृतक आरोहीहरुको शव ल्याउन आवश्यक समन्वय र सहजीकरण गरिरहेका छौं: परराष्ट्र मन्त्रालय
    images
    images

    काठमाडौँ । पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक आरोहणका क्रममा गएको हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली तथा विदेशी आरोहीहरूप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ।

    images
    images
    images

    परराष्ट्र मन्त्रालयले साउन १४ गते क्याम्प-२ बाट क्याम्प-३ तर्फ जाँदै गर्दा करिब ६ हजार ६ सय मिटर उचाइमा गएको विनाशकारी हिमपहिरोमा प्रख्यात नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित नेपाली आरोहीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा तथा उनीहरूसँगै रहेका अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूको निधन भएको जनाएको छ ।

    images
    images
    images

    मन्त्रालयले उक्त घटनाबाट नेपालको पर्वतारोहण क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ ।

    images
    images
    images

    विज्ञप्तिअनुसार नेपाली आरोहीहरू संलग्न टोली बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ पाकिस्तानका सम्बन्धित निकाय तथा नेपाली उद्धार टोलीले खोज तथा उद्धार कार्य तीव्र रूपमा सञ्चालन गरेका थिए। उच्च हिमाली क्षेत्रमा जोखिमपूर्ण परिस्थितिमा खोज तथा उद्धारमा खटिएका पाकिस्तानी र नेपाली पर्वतारोही टोलीको साहस र समर्पणप्रति मन्त्रालयले प्रशंसा व्यक्त गरेको छ ।

    हालसम्म दुर्घटनामा ज्यान गुमाएका नेपाली आरोहीमध्ये पुरबहादुर गुरुङ ‘युक्ता’ र ग्यालु शेर्पाको शव घटनास्थलबाट तल झारिसकिएको मन्त्रालयले जनाएको छ। अन्य मृतकहरूको शव उद्धारका लागि प्रयास जारी रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार मृतक आरोहीहरूको शव स्वदेश फिर्ता ल्याउने प्रक्रियाका लागि इस्लामाबादस्थित नेपाली दूतावासले आवश्यक समन्वय र सहजीकरण गरिरहेको छ ।

    नेपाल सरकारले दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # परराष्ट्र मन्त्रालय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।