देवदह । देवदह प्रिमियर लिग (डिपिएल) को तेस्रो दिनको खेलमा शंकरपुर सुपरकिङस् विजयी भएको छ । सोमबार सम्पन्न खेलमा टटेरा डाइनामाइटलाई १ विकेटले पराजित गर्दै शंकरपुर विजयी भएको हो । टस जितेर ब्याटिङ रोजेको टटेराले अल आउट हुँदै ८३ रन बनाएको थियो । ८४ रनको लक्ष्य पछ्याएको शंकरपुरले १९.३ ओभर खेल्दै ९ विकेटको क्षतिमा लक्ष्य भेट्यायो ।
त्यस्तै यस अघि भएको खेलमा खैरेनी ग्लाडियटर विजयी भएको छ । ढेकावर योद्धालाई ३ विकेटले पराजित गर्दै खैरेनी विजयी भएको हो । टस हारेर ब्याटिङको निम्ता पाएको ढेकावरले अल आउट हुँदै ११४ रन बनाएको थियो । ११५ रनको लक्ष्य पछ्याएको खैरेनीले १९ दशमलव २ ओभर खेल्दै ७ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology