Logo

२०८३, आश्विन ११गते


images
images

लायन्स कलब अफ देवदहको सातौँ पदस्थापना कार्यक्रम सम्पन्न 

लायन्स कलब अफ देवदहको सातौँ पदस्थापना कार्यक्रम सम्पन्न 

images
  • लायन्स कलब अफ देवदहको सातौँ पदस्थापना कार्यक्रम सम्पन्न 
    images
    images

    राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदहमा लायन्स कलब अफ देवदहको सातौँ पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका विच क्लबका पदाधिकारीलाई सम्मान  तथा बर्ष २०२२/२३ का पदाधिकारीलाई पद हस्तान्तरण गरिएको हो ।

    images
    images
    images

    कार्यक्रममा कार्यक्रमका अध्यक्ष तथा लायन्स कलब अफ देवदह वर्ष २०२१/२२ का अध्यक्ष बिनोद थापाले आफ्नो कार्यकालमा सप्पन्न कार्यक्रमको प्रतिवेदन सङ्गै आफुलाइ सहयोग गर्ने सबैलाइ विभिन्न सम्मान पत्रद्वारा सम्मान गरेका थिए भने लायन्स कलब अफ देवदह वर्ष २०२२/२३ कि कोषाध्यक्ष शिला मल्लले कलबको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

    images
    images
    images

    त्यसैगरी, कार्यक्रममा लायन्स वर्ष २०२१/२२ का सम्पुर्ण पदाधिकारीले लायन्स वर्ष २०२२/२३ का पदाधिकारीलाई पद हस्तान्तरण गरेका थिए । लायन्स वर्ष २०२१/२२ का अध्यक्ष बिनोद थापाले लायन्स वर्ष २०२२/२३ का नव निर्वाचित अध्यक्ष बिष्णु प्रसाद ज्ञवालीलाइ पद हस्तान्तरण गर्दै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरे । 

    images
    images
    images

    पहिलो चरणको कार्यक्रम लायन्स वर्ष २०२१/२२ का अध्यक्ष बिनोद थापाको अध्यक्षता, एवम देवदह नगरपालिकाकी नगर उपप्रमुख बिद्यालक्ष्मी गुरुङको प्रमुख आतिथ्यता र वोधराज गौडेलको संचालनमा सम्पन्न भएको थियो भने दोस्रो चरणको कार्यक्रमा नव निर्वाचित अध्यक्ष बिष्णु प्रसाद ज्ञवालीको अध्यक्षता र नयाँ कार्यसमिती सहित सोही अतिथीहरुको उपस्थिति र नव निर्वाचित लायन्स कलब अफ देवदहका सचिब गणेश क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो । 

    कार्यक्रममा लायन्स कल्ब अफ प्रोफेस्नल युथका निवर्तमान अध्यक्ष दिपेश बिक्रम मल्ल, सोही संस्थाका वर्तमान अध्यक्ष प्रनिल जिसि, लियो क्लब अफ देवदहका अध्यक्ष प्रबिन गौडेल लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।