कृष्ण अन्जान, गुल्मी । गुल्मी जिल्लाकाे प्रवेशद्वारसँगै रुरुधामभित्र पर्ने हुनाले पनि रिडीबजारमा चहल पहल नहुने कुरै भएन ।
पछिल्लो चरणमा स्याङ्जा पाल्पा र गुल्मीलाई जाेड्ने गरि बनेकाे तिनमुखे पुलका कारण रुरुक्षेत्रमा आन्तरिक पर्यटककाे सँख्या ह्वात्तै बढेकाे छ ।
रुरुधामलाई पर्यटकीय क्षेत्रकाे रुपमा पवित्र ऋषिकेश धाम, गलफुल गुफा, पवित्र कालिगण्डकी नदिले स्थापित गरेकै थियाे तर त्यसैमा तिनमुखे पुल बनेपछि आन्तरिक पर्यटकहरुकाे ओईराेनै लागेकाे छ।
रुरुधामकाे पर्यटकीय महत्त्व बढ्दै गर्दा रिडीबजारमा हाेटल व्यवसाय पनि फस्टाउँदै गएका छन ।
यसैक्रममा रिडीबजारका बिक्रम रायमाझीले हाेटल रायमाझी एण्ड लजकाे रुपमा नयाँ सुविधा सम्पन्न हाेटल सन्चालनमा ल्याएका छन ।
यसअघि रायमाझी रेष्टुरेन्ट मात्र सन्चालन गर्दै आएका उनले रिडी बसपार्क नजिकै हाेटल रायमाझी एण्ड लज सन्चालन गरेका छन ।
होटेलमा सुविधा सम्पन्न बाह्र वटा काेठासँगै खाना र नास्ताकाे राम्रो प्रवन्ध गरेको उनले जनाएका छन् ।
पहिले देखि निर्वाहमुखि सानाे रेष्टुरेन्ट गर्दै आई रहेकाेमा रुरुधाममा बढ्दाे धार्मिक पर्यटकलाई लक्षित गरि हाेटल सन्चालन गर्नुपर्छ भन्ने मान्यतामा याे हाेटल सन्चालन गरेकाे बिक्रम रायमाझीले बताए ।
मुख्य रुपमा नेपाली खानाका साथै मम, चाउमिन लगाएत अन्य फास्टफुडकाे स्वाद चाख्न पाईने रायमाझी हाेटल एण्ड लजमा तन्दुरमा राेटि पाक्छ ।
करिव पैचालिस वर्ष अघि बिक्रम रायमाझी बाबा आमासँग रिडी झरेपछि यतै घरजम गरेर यतैका वासिन्दा बनेका हुन ।
लामाे समय सानाे भएपनि हाेटलकाे अनुभव सँगालेका बिक्रमलाई ठुलाे हाेटल सन्चालन गर्न गाह्राे छैन ।
पुराना ग्राहकहरु पनि छन र रुरुधाममा आउने नयाँ ग्राहक पनि राम्रै आएकाे उनले बताए ।
"हाेटल सन्चालन गरेकाे दुईमहिना पुग्न लागेको छ तर हाेटलमा आउने ग्राहककाे कमि छैन" उनले भने ।
बिक्रम रायमाझीका चार जना परिवार त हाेटल व्यवसायमा खटेका छन नै सँगसँगै आधा दर्जनलाई उनले हाेटलमा राेजगारी समेत दिएका छन ।
रुरुधाममा आउने आन्तरिक र वाह्य पर्यटककाे आगमन बढ्ने कुरामा दुईमत छैन त्यसैले पनि आझै सुविधा सम्पन्न ठुला हाेटल थपिनु पर्छ भन्छन बिक्रम रायमाझी ।
दैनिक सयौँकाे सँख्यामा धार्मीक पर्यटककाे घुँईचाेले हाेटल व्यवसायकाे भविष्य रिडी बजारमा राम्रो देखिएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology