Logo

२०८३, आश्विन ९गते


images
images

शहिदकाे सम्मान गर

शहिदकाे सम्मान गर

images
  • सेतोमसी सहकर्मी
  • शहिदकाे सम्मान गर
    images
    images
    कृष्ण अन्जान, रिडीबजार  । पवित्र रुरुधामकाे रिडीबजारकाे मुख्य चाेक ,एउटा पिपलकाे चौतारी र त्यहि चौतारीकाे फेँदमा उपल्लो पट्टी दुईवटा पिउने पानिका धारा ।रिडीबजारमा आउने धेरै तिर्थयात्रीहरु तिर्खाएर धारा खाेल्न पुग्छन तर धारा छन पानी आउँदैन ।
     
    धारामा सिँगमरमरमा लेखिएकाे छ रुरु गाविसका प्रथम शहिद कमरेड लछुमन बि क काे स्मृतिमा निर्माण गरिएकाे धारा तर बिना पानीको धाराले शहिद प्रति र उनले गरेकाे याेगदानकाे सम्मान गरेकाे पाइँदैन ।याे धारा राम्रै खर्चमा र अत्यन्तै उपयुक्त ठाउँमा नेकपा माओवादी केन्द्रकाे भातृ सँगठन वाई सि एल ले निर्माण गरेकाे हाे ।
     
    बिक्रम सम्वत २०६८ बैशाख १८ मा निर्माण सम्पन्न गरिरहेका यि धाराले पानी मागिरहेका छन तर सुकेका यी धारामा कसैकाे ध्यान पुग्दैन ।रिडीमा आउने कति यात्रुहरु यी धारामा पानी पिउन पुग्दा झुक्किएकाे नजिकै पसल गर्नेहरुले भन्छन ।
     
    यतिबेला रिडीधाममा एकघर एकधारा वितरण भईरहेकाे छ तर सार्वजनिक रुपमा र त्याे पनि अत्यन्तै उपयुक्त ठाउँमा रहेकाे याे शहिदकाे स्मृतिमा निर्माण गरेकाे पानीका धाराले आफै तिर्खाएर पानी माग्दैछन ।शहिद देशका हुन ,देशका लागि बलिदानि दिएका शहिदकाे सम्मान गरिनु पर्छ ।
     
    यी धारामा पानीकाे व्यवस्थापन हुन सके तिर्खाएका बटुवाले घाँटी भिजाउँदा शहिद लछुमन बि क ले सम्मान पनि पाउँथे र उनकाे आत्माले शान्ती पाउँथ्याे कि? सम्बन्धित निकाएकाे ध्यान पुगाेस ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।