Logo

२०८३, आश्विन ९गते


images
images

तिजकाे रौनकताले जुरुक्क उठ्याे रिडीबजार

तिजकाे रौनकताले जुरुक्क उठ्याे रिडीबजार

images
  • सेतोमसी सहकर्मी
  • तिजकाे रौनकताले जुरुक्क उठ्याे रिडीबजार
    images
    images

    कृष्ण अन्जान, गुल्मी । तिज आउनै लाग्दा शनिवार रिडीबजार तिजगितले जुरुक्क उचालियाे ।
    एकातिर एक दर्जन भन्दा बढि  प्रतिष्पर्धि  र लाेक कलाकारकाे तिज गितमा नाच्ने र गाउनेले उधुम मच्चाए ।

    images
    images
    images

    याे मेसाे नेकपा एमाले निकट अखिल नेपाल महिला सँघ वडा कमिटी रुरुक्षेत्र १ ले मिलायाे र भट्कुवा थाेर्गा रिडीका एक दर्जन बढि समुहलाई सहभागी मात्र गराएन ठुलाे सँख्यामा दर्शकहरुका माझमा तिजलाई रमझम मुलक बनाउँदै  साँस्कृतिक जिवन्तता प्रदान गर्याे ।

    images
    images
    images

    जनसाँस्कृतिक महासँघ गुल्मीका अध्यक्ष समेत रहेका रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडा सदस्य शुसिल श्रेष्ठकाे उदघाेषकका बिचमा जनसाँस्कृतिक महासँघ गुल्मीका सदस्य सँगै राष्ट्रिय कलाकार नन्दु परियार ,बाबुराम परियार ,लालमाया कुँवरका सुमधुर श्वरले रिडीबजार घण्टौँ सम्म सँगितमय मात्र बनेन कि तिजकाे महत्त्व समेत दर्सायाे ।

    images
    images
    images

    मुख्य रुपले बिगतका वर्षहरुमा काेभिडले ग्रसित बनेकाे तिज याे वर्ष रुरुक्षेत्रका अन्य वडा हरुमा जस्तै रिडीमा भव्य बनेकाे छ ।

    अखिल नेपाल महिला सँघ रुरुक्षेत्र १ वडा कमिटीले आयाेजना गरेकाे तिज गित प्रतियोगितामा महिला अधिकार ,छाेरीका लागि शिक्षा ,महिला हिँसाकाे अन्त्य ,र निर्मला बलात्कार पछि हत्याका अपराधि पत्ता नलागेकाे मा गीत मार्फत हत्यारा पत्ता लगाउन माग गरिएकाे छ ।

    परम्परागत र अत्यन्त शालिन रुपमा गाईएका गीतहरुले तिजकाे विकृति विसँगति मात्र हाेईन चेतनाकाे सन्देश पनि हाे भन्ने देखिएकाे छ ।

    तिजगित कार्यक्रममा प्रमुख अतिथि रहेका नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत रहेका रुरुक्षेत्र गाउँपालिकाका नेकपा एमाले ईन्चार्ज हिमाल श्रेष्ठले अखिल नेपाल महिला सँघ महिलामुक्ति आन्दोलनकाे ठुलाे शक्ति मात्र हाेईन सामाजिक चेतना र अधिकारका लागि लड्ने र साँस्कृतिक उत्थानमा लागेकाे सँगठन भएकाे बताए । उनले महिलाहरु उत्पादन मुलक क्षेत्रसँग जाेडिएर आफ्नो खुट्टामा उभिने काम गर्नु पर्ने सुझाव दिए ।

    तिजगीत प्रतियोगितामा आफ्नो शुभकामना दिँदै नेकपा एमाले पाल्पा जिल्ला कमिटी सदस्य समेत रहेकी जिल्ला समन्वय समितिका सदस्य बसन्ता ज्ञवालीले तिजलाई साँस्कृतिक उत्थान र चेतना सँग जाेडेर अखिल नेपाल महिला सँघले गरेकाे कार्यक्रमकाे प्रशंसा गरिन ।

    अखिल नेपाल महिला सँघ रुरुक्षेत्र १ का अध्यक्ष काेपिला थापाकाे अध्यक्षतामा भएकाे प्रतियोगितामा स्वागत रेणुका पन्थीले र   ओैपचारिक कार्यक्रमकाे सन्चालन भगवती बरालले गरेकी थिईन । 

    तिजगीत प्रतियोगिता हेर्न याे क्षेत्रकाे ठुलाे जनसमुदाय रिडीबजारमा उर्लिएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।