Logo

२०८३, कार्तिक २४गते


images
images

इरान युद्धलाई लिएर अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्ध महाभियोगको तयारी

इरान युद्धलाई लिएर अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्ध महाभियोगको तयारी

images
  • इरान युद्धलाई लिएर अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्ध महाभियोगको तयारी
    images

    काठमाडौं । अमेरिकामा मध्यावधि निर्वाचनमा सफलता पाएपछि डेमोक्रेटिक पार्टीले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमाथि दबाब बढाउने तयारी गरेको छ । पार्टीका तल्लो सदनका नेता हाकिम जेफ्रिजले रक्षामन्त्री पीट हेगसेथविरुद्ध महाभियोग प्रस्तावको समर्थन गरेका छन् ।

    images
    images
    images

    जेफ्रिजले हेगसेथमाथि शक्तिको दुरुपयोग गरेको, राष्ट्रिय सुरक्षा कमजोर बनाएको र इरानसँग अनावश्यक युद्ध सुरु गरेको आरोप लगाएका छन् । रिपब्लिकन सांसद थोमस मेसीले तयार पारिरहेको महाभियोग प्रस्तावमाथि संसद् पुनः सञ्चालन भएपछि छलफल गरिने उनले बताएका छन् ।

    images
    images
    images

    यता हेगसेथले भने महाभियोगको पहललाई आफ्नो छवि बिगार्ने राजनीतिक प्रयास भन्दै अस्वीकार गरेका छन् । डेमोक्रेटिक सांसदहरूले ट्रम्प प्रशासनका कामकारबाहीमाथि व्यापक संसदीय अनुसन्धान गर्ने तयारीसमेत गरेका छन् ।

    images
    images

    तर डेमोक्रेटिक पार्टीकै केही नेताले महाभियोग र अनुसन्धानमा मात्र केन्द्रित हुनुभन्दा सर्वसाधारणको जीवनयापन, बढ्दो महँगी र आर्थिक समस्यालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । सिनेटर बर्नी स्यान्डर्सले ट्रम्प प्रशासनको अनुसन्धानमा मात्रै समय खर्च नगरी श्रमिक तथा सर्वसाधारणका समस्या समाधानमा ध्यान दिनुपर्ने बताएका छन्  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।