Logo

२०८३, आश्विन ९गते


images
images

संसदमा प्रचण्डको प्रश्न : विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्री ज्यु ?’

संसदमा प्रचण्डको प्रश्न : विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्री ज्यु ?’

images
  • संसदमा प्रचण्डको प्रश्न : विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्री ज्यु ?’
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुन नैतिकताको आधारमा विस्वासको मत माग्दै हुनुहुन्छ भनेर सोधेका छन् । विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा सोमबार भएको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

    images
    images
    images

    'विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्री ज्यु ?’ भन्दै अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक झगडाका कारण प्रधानमन्त्रीले संसद भंग गरेको स्मरण गरे । संसद भंग गरेर प्रधानमन्त्रीले सांसदहरुलाई जबरजस्ती मर्‍यौं भनेको भन्दै ओलीलाई विगत सम्झाए ।

    images
    images
    images

    सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि प्रधानमन्त्रीले स्वीकार गर्नुभयो होला भन्ने लागेको भएपनि राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा फैसला मान्न तयार नभएको प्रष्ट पारेको उनले बताए । प्रचण्डले अघि भने, ‘आज यदि तपाईले विश्वासको मत प्राप्त हुँदैन । त्यसपछि संविधानको अर्को धारामा जान्छु र सदनलाई फेरि विघटन गर्न र मध्यावधिमा जान आउनु भएको त होइन ?’

    images
    images
    images

    समर्थन छिटो फिर्ता लिए फेरि संसद विघटन गर्ने हो कि भन्ने डरले मात्र आफूहरु रोकिएको उनले बताए । अहिले विश्वासको मत लिन आउनु नाटकीय भएको भन्दै उनले भने, ‘के महसुस गर्नुभयो र विश्वासको मत लिन अगाडि आउनुभयो ?

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।