Logo

२०८३, मंसिर ११गते


images
images

भोटेकोशी बाढीबाट भएको क्षति सम्बोधन गर्न पूर्ण परियोजना प्रस्ताव पेस गर्न आह्वान

भोटेकोशी बाढीबाट भएको क्षति सम्बोधन गर्न पूर्ण परियोजना प्रस्ताव पेस गर्न आह्वान

images
  • भोटेकोशी बाढीबाट भएको क्षति सम्बोधन गर्न पूर्ण परियोजना प्रस्ताव पेस गर्न आह्वान
    images

    काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति तथा नोक्सानी सम्बोधन गर्न गठित कोषले पूर्ण परियोजना प्रस्ताव पेस गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थालाई आह्वान गरेको छ ।

    images
    images
    images

    कृषि, वन तथा वातावरण मन्त्रालयले सूचना जारी गर्दै नेपालमा रहेका कोषका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त निकायलाई परियोजनाको पूर्ण प्रस्ताव पेस गर्न आग्रह गरेको हो ।

    images
    images

    सूचनाअनुसार प्रस्ताव जलवायु वित्त परिचालन निर्देशिका, २०८२ बमोजिम तयार गर्नुपर्नेछ । मन्त्रालयको जलवायु वित्त तथा विकास समन्वय शाखाले डिसेम्बर ५, २०२६ अर्थात् मंसिर २० गतेभित्र प्रस्ताव स्वीकार गर्ने जनाएको छ ।

    images

    पूर्ण परियोजना प्रस्तावको नमुना क्षति तथा नोक्सानी सम्बोधन कोषको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ ।

    प्रस्तावसम्बन्धी जानकारी तथा सहयोगका लागि मन्त्रालयले ९८५१२७११२३ नम्बर र dpaolichhetri@gmail.com इमेलमार्फत सम्पर्क गर्न सकिने जनाएको छ ।

     

     

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भोटेकोशी बाढी
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।