Logo

२०८३, मंसिर १०गते


images
images

रोनाल्डोको अन्तर्राष्ट्रिय करिअरको अन्त्य सम्मानजनक रूपमा हुनुपर्छ: ग्वार्डिओला

रोनाल्डोको अन्तर्राष्ट्रिय करिअरको अन्त्य सम्मानजनक रूपमा हुनुपर्छ: ग्वार्डिओला

images
  • रोनाल्डोको अन्तर्राष्ट्रिय करिअरको अन्त्य सम्मानजनक रूपमा हुनुपर्छ: ग्वार्डिओला
    images

    काठमाडौँ । म्यानचेस्टर सिटीका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाले पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबल करिअर सम्मानजनक रूपमा अन्त्य गराउन पोर्चुगल फुटबल महासङ्घले पहल गर्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    ग्वार्डिओलाले हालै दिएको एक अन्तर्वार्तामा रोनाल्डोले राष्ट्रिय टोलीबाट यसरी बिदा हुन नहुने बताउँदै भनेका छन्- 'क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीलाई यसरी छाड्नु हुँदैन । उनीहरू उनलाई यसरी बिदा गर्न सक्दैनन् ।'

    images
    images

    उनले रोनाल्डोको बिदाइ सम्मानजनक बनाउन दुवै पक्षले प्रयास गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्- 'उनले फुटबलमा हासिल गरेको उपलब्धिका आधारमा उनको बिदाइ फरक र विशेष हुनुपर्छ । उनले आफ्ना देशवासीको माया र सम्मान महसुस गर्ने गरी बिदाइ समारोह आयोजना गरिनुपर्छ ।'

    images

    एक–दुई महिनाको घटना, असमझदारी वा केही व्यक्तिसँगको विवादका आधारमा खेलाडीको पूरै करिअरको मूल्याङ्कन गर्न नहुने उनको भनाइ छ । रोनाल्डो पोर्चुगलका लागि मात्र नभई भविष्यका पुस्ताका खेलाडीका लागि पनि महत्त्वपूर्ण व्यक्तित्व रहेको उनले उल्लेख गरेका छन् ।

    ग्वार्डिओलाले रोमारियो, क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी र पाओलो माल्दिनीजस्ता महान् खेलाडीले सम्मानपूर्वक बिदाइ पाउनुपर्ने बताएका छन् । उनले भनेका छन्- 'महान् खेलाडीले खेलमा दिएको योगदानका कारण सम्मानसहित बिदा हुने अधिकार कमाएका हुन्छन् । उनीहरू मैदानबाट मुख्य ढोकाबाटै बिदा हुन योग्य छन् ।'

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।