Logo

२०८३, मंसिर १०गते


images
images

स्वास्थ्य

प्रसूति जटिलतामा परेकी डोल्पाकी महिलाको हवाई उद्धार

प्रसूति जटिलतामा परेकी डोल्पाकी महिलाको हवाई उद्धार

images
  • प्रसूति जटिलतामा परेकी डोल्पाकी महिलाको हवाई उद्धार
    images

    काठमाडौं । प्रसूति जटिलताका कारण जोखिममा परेकी डोल्पाकी २३ वर्षीया महिलाको हवाई उद्धार गरिएको छ । उनलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको छ ।

    images
    images
    images

    डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-९ निवासी ती महिलालाई मंसिर ९ गते नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरिएको हो ।

    images
    images

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    images

    दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई आकस्मिक स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने, जोखिमपूर्ण प्रसूति अवस्थाबाट जीवन रक्षा गर्ने र सुरक्षित मातृत्व सुनिश्चित गर्ने कार्यक्रमको उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रसूति
  • # हवाई उद्धार
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।