Logo

२०८३, मंसिर ११गते


images
images

पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

images
  • पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति
    images

    काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई थप अनुसन्धानका लागि चार दिन प्रहरी हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । 

    images
    images
    images

    मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाइएको प्रकरणमा पक्राउ परेका अर्याललाई प्रहरीले शुक्रबार अदालतमा उपस्थित गराएको थियो ।

    images
    images

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार उनलाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । त्यसअघि उनी भारतमा रहेको बताइएको थियो । पक्राउपछि प्रहरीले उनको निवासमा समेत खानतलासी गरेको थियो । 

    images

    अर्यालमाथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव रहँदा मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा अतिरिक्त शुल्क उठाएर विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप छ । नेपाल र मलेसियाबीच भएको समझदारीविपरीत श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा प्रतिव्यक्ति थप १०० मलेसियन रिंगेट असुल गरिएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

    प्रहरीका अनुसार सन् २०१९ देखि २०२४ सम्म उक्त शुल्क संकलन गरी १७ पटकमा एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम मलेसिया पठाइएको थियो । यसमा ८३ लाख ७० हजार अमेरिकी डलर र ३७ लाख १७ हजार बेलायती पाउन्डसमेत रहेको बताइएको छ । उक्त रकम संकलनमा मलेसियाली कम्पनीको स्थानीय प्रतिनिधि म्याक्रो टेक प्रालिको भूमिका रहेको प्रहरीको दाबी छ । 

    यस प्रकरणमा प्रहरीले यसअघि पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन अधिकारी तथा व्यवसायीहरूलाई पक्राउ गरिसकेको छ । 

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।