Logo

२०८३, मंसिर १३गते


images
images

पाँच रुपैयाँका १५ करोड सिक्का छाप्न राष्ट्र बैंकले माग्यो बोलपत्र

पाँच रुपैयाँका १५ करोड सिक्का छाप्न राष्ट्र बैंकले माग्यो बोलपत्र

images
  • पाँच रुपैयाँका १५ करोड सिक्का छाप्न राष्ट्र बैंकले माग्यो बोलपत्र
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का छपाइ, आपूर्ति तथा ढुवानीका लागि बोलपत्र आह्वान गरेको छ ।

    images
    images
    images

    राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचनामार्फत पूर्वयोग्य सुरक्षा मुद्रण कम्पनीहरूबाट बोलपत्र माग गरेको हो ।

    images
    images

    इच्छुक कम्पनीले आगामी पुस १४ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र पुस १४ गते दिउँसो १ बजे खोलिनेछ । बोलपत्रसम्बन्धी कागजात खरिद गर्ने अन्तिम मिति भने पुस १३ गते तोकिएको छ ।

    images

    बोलपत्र पेस गर्दा कम्तीमा १ लाख २७ हजार अमेरिकी डलर बराबरको धरौटी राख्नुपर्नेछ । बोलपत्र १२० दिनसम्म मान्य रहने राष्ट्र बैंकले जनाएको छ ।

    यसका लागि मङ्सिर २५ गते दिउँसो १२ बजे राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा पूर्वबोलपत्र बैठकसमेत आयोजना गरिने सूचनामा उल्लेख छ ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल राष्ट्र बैंक
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।