बुटवल । रुपन्देहीको देवदहका उद्योगी ब्यवसायीहरुलाई करको भाषा र सो सम्वन्धि प्रशिक्षण दिइएको छ । देवदह उद्योग बाणिज्य संघले देवदह नगरपालिकाभित्र छरिएर रहेका उद्योगि ब्यवसायीहरुलाई एक दिने करको बारेमा प्रशिक्षण कार्यक्रम दिइएको हो ।
करको अवस्था, करको दायर, ब्यवसायीले कर किन बुझाउने भन्ने विषयमा आन्तरिक राजश्व कार्यालय भैरहवाका कर अधिकृत रामहरी मरासिनी, बाणिज्य कार्यालय भैरहवाका कार्यालय प्रमुख टेकराज भट्टराई र देवदह नगरपालिकाका राजश्व शाखा प्रमुख विष्णुप्रसाद बस्यालले कर सम्वन्धि प्रशिक्षण दिएका थिए ।
देवदह उद्योग बाणिज्य संघका अध्यक्ष हरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष गोपालप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्ष मिना श्रेष्ठ लगायतले वर्तमान अवस्थामा करको अवस्थाका कारेमा सबैले बुझ्न आवश्यक रहेको बताए ।
कार्यक्रममा देवदह क्षेत्रका उद्योगी, ब्यवसायी, सहकारी संस्था तथा खानेपानीका प्रतिनिधी गरि डेढ सय जतिको सहभागिता रहेको संघका महासचिव विष्णु न्यौपानेले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology