Logo

२०८३, आश्विन ९गते


images
images

सातामा प्रतितोला १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सातामा प्रतितोला १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

images
  • सातामा प्रतितोला १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
    images
    images

    काठमाडौं । यो साता सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो सातासम्ममा सुनको मूल्य १६ सय रुपैयाँले बढेको जानकारी दिएको हो ।

    images
    images
    images


    गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार १०० रुपैयाँ छ ।

    images
    images
    images

    यो साताको आइतबार तोलामा ४०० ले बढेको सुनको मूल्य साेमबार पुनः १०० रुपैयाँ बढेको थियो । यस्तै, मंगलबार ३०० र बुधबार २०० रुपैयाँ घटेको थियो । यसका साथै, विहीबार ८०० रुपैयाँले र शुक्रबार ८०० रुपैयाँले बढेको थियो ।
    यसैगरी, यो साता चाँदीको ५५ रुपैयाँ बढेको छ । महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ६५ रुपैयाँ थियो । जुन, हिजो शुक्रबारसम्म आइपुग्दा १२ सय २० रुपैयाँ पुगेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।