Logo

२०८३, श्रावण ३०गते


images
images

चीनद्वारा ताइवान नजिकै मिसाइल प्रहार, मिसाइलको ट्र्याक गर्न जापानबाट उड्यो अमेरिकी जहाज

चीनद्वारा ताइवान नजिकै मिसाइल प्रहार, मिसाइलको ट्र्याक गर्न जापानबाट उड्यो अमेरिकी जहाज

images
  • चीनद्वारा ताइवान नजिकै मिसाइल प्रहार, मिसाइलको ट्र्याक गर्न जापानबाट उड्यो अमेरिकी जहाज
    images
    images

    एजेन्सी । संयुक्त राज्य अमेरिका, चीन र ताइवानको द्वन्द्वका कारण एसिया असुरक्षित बन्ने देखिएको छ ।     एसिया  चीनले ताइवानको क्षेत्र नजिकै अहिलेसम्मकै ठूलो सैनिक अभ्यास थालेको छ । आज बिहीवार बिहानैदेखि चीनका जल सेना, स्थल सेना र हवाई सेनाले अत्याधुनिक हातहतियार र उपकरणसहितको अभ्यास थालेका चीनको सरकार सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

    images
    images
    images

    चीनले ताइवानको उत्तर–पूर्वी तटमा दु२ वटा शक्तिशाली मिसाइल पनि प्रक्षेपण गरेको छ । अरू कैयौँ मिसाइल पनि चीनको सेनाले प्रहार गरेको छ । चिनियाँ जनमुक्ति सेनाले बनाएका डोङफेङ नामक दर्जनौँ मिसाइल ताइवानको भूमि नजिकै लक्षित गरेर प्रहार भएका समाचार संस्था रोयटर्सले जनाएको छ । चीनले अहिले गरिरहेको सैन्य अभ्यास अहिलेसम्मकै ठूलो र ताइवानको नजिकमा रहेको खबरमा उल्लेख छ ।

    images
    images
    images

    चीनको कडा विरोध र चेतावनीकै बीच अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले गएकाे मङ्गलवार र बुधवार ताइवानको भ्रमण गरेपछि चीन आक्रोशित छ । चीनले आगोसँग खेल्नेहरूको अन्त्य निश्चित भएको प्रतिक्रिया दिएको छ ।

    images
    images
    images

    ताइवानको रक्षा मन्त्रालयले चिनियाँ मिसाइल प्रक्षेपणको प्रतिक्रियाका लागि आफ्ना प्रणाली पनि सक्रिय बनाएको बताएको छ । यस्तै ब्यालेस्टिक मिसाइलको ट्र्याक गर्न सक्ने अमेरिकी विमान जापानबाट उडेर ताइवानतर्फ लागेको बीबीसीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चीन
  • # ताइवान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।