Logo

२०८३, श्रावण ३१गते


images
images

एप्पलले आइफोन १४ भारतमा उत्पादन गर्ने

एप्पलले आइफोन १४ भारतमा उत्पादन गर्ने

images
  • एप्पलले आइफोन १४ भारतमा उत्पादन गर्ने
    images
    images

    एजेन्सी । एप्पलले आफ्नो आगामी श्रृंखलाको आइफोन १४ भारतमा उत्पादन गर्ने भएको छ। कम्पनीले आइफोन-१४ को श्रृंखला आउँदो सेप्टेम्बरमा सार्वजनिक गर्ने बताइएको छ। 
    भारतीय अखबार बिजनेस स्टान्डर्डका अनुसार आइफोन १४ को उत्पादन भारतसँगै चीनबाट समेत हुनेछ। यसको विश्व बजारमा आपूर्ति पनि भारत र चीनबाट गरिनेछ। 

    images
    images
    images

    कम्पनीका उद्योग विश्लेषक मिङ-ची कुओले ट्विटरमार्फत उक्त जानकारी गराएका हुन्। उनले हाल जारी भूराजनीतिक तनावका कारण चीनमाथिको निर्भरता कम गर्न पनि नयाँ श्रृंखलाको आइफोन १४ भारतमा उत्पादन गर्ने बताएका छन्। 
    आइफोन १४ श्रृंखलाअन्तर्गतको आइफोन १४, आइफोन म्याक्स र आइफोन १४ प्रो म्याक्स भारतको चेन्नाइस्थित फक्सकन प्लान्टमा हुने विश्लेषक कुओले आफ्नो ट्विटरमा उल्लेख गरेका छन्। 

    images
    images
    images

    नयाँ आइफोन १४ मा ६.१ इन्च डिस्प्ले हुने बताइएको छ। आइफोन १४ म्याक्स र आइफोन १४ प्रो म्याक्समा भने ६.७ इन्चको डिस्प्ले हुने अनुमान छ। 

    images
    images
    images

    विभिन्न रिपोर्टअनुसार एप्पलको नयाँ आइफोन १४ को बजार मूल्य सात सय ९९ अमेरिकी डलर हुनेछ। यो भनेको भारु ६४ हजारसम्म पर्छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एप्पल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।