काठमाडौ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट एक जनाको मृत्यु भएको छ भने थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४७० जना संक्रमणमुक्त भएका छन् । जसमध्ये ५ हजार ५०९ जना होम आइसोलेसनमा रहेका छन् भने १७७ जना संस्थागत आइसोलेसन र ४७ जना आईसीयूमा छन् । यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको छ । आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३५ हजार ६७२ पुगेको छ ।
पछिल्लो २४ घन्टामा ५ हजार ३५१ जनालाई परीक्षण गर्दा ९३४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण देखिएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology