काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५९ पुगेको छ ।
हिजो कोरोना संक्रमण पुष्ठि हुनेको संख्या ५८६ थियो भने एक जनाको मृत्यु भएको थियो ।
मंगलबार २१८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने अहिलेसम्म देशभर ३ हजार ७१४ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
गत २४ घण्टामा देशभर २ हजार २१५ पीसीआर तथा २ हजार ८४० एन्टिजेन परीक्षण भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology