धुर्कोट । गुल्मीको धुर्कोटमा घर बीमा कार्यक्रम सुरु, यस्ता छन् घर बीमाका फाईदा गुल्मीको धुर्कोट गाउँपालिकाले कच्ची आवासीय घरहरुलाई लक्षित गरेर बीमा योजना ल्याएको छ। गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै कच्ची घरहरुले २ सय २५ रुपैयाँमा बीमा गर्नसक्ने जनाएको छ।
सूचनाअनुसार गाउँपालिका क्षेत्रभित्र रहेका कच्ची घरको अधिकतम बिमांक ५ लाख रुपैयाँसम्म रहेको छ । बीमा शुल्क २ सय २५ रुपैयाँ कायम गरिएको छ । उक्त बीमा शुल्क गाउँपालिका र घरधनीले ५०/५० प्रतिशत बेहोर्ने छ।
गाउँपालिका अध्यक्ष भुपाल पोखरेलका अनुसार आगलागी, बाढीपहिरो, चट्याङ, विष्फोट, आकाशजन्य, हुलदंगा हड्तालजन्य घटनाहरुबाट क्षति पुग्ने घरका लागि अधिकतम ५ लाखको बीमा कार्यक्रम ल्याइएको हो। कच्ची घरहरुमा क्षति पुग्दा स्थानीयवासीलाई राहत पुगोस् भनेर यस्तो योजना अगाडि सारिएको उनले बताए।
गाउँपालिकाले सूचना निकालेर इच्छुक बीमा कम्पनीहरुलाई बीमा योजना कार्यक्रममा सहभागी हुन आवेदन दिन अनुरोध गरेको थियो। सोही सूचना अनुसार ४/५ वटा कम्पनीहरुको निवदेन परेको थियो। जसमध्ये सबैभन्दा कममा बीमा गर्न तयार शिखर इन्स्योरेन्ससँग गाउँपालिकाले सम्झौता गरेको उनले बताए। सम्झौता अनुसार कच्ची घरधनीहरु यो कार्यक्रममा सहभागी हुन सक्ने उनले बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology