काठमाडौं । तीज नजिकिँदै गर्दा विष्णु माझीको गीत ‘चरी जेलैमा २’ सार्वजनिक भएको छ ।
गतसाल रिलिज भएको 'चरी जेलैमा'को दोस्रो संस्करण भनिएपनि गीतको संगीत भने पुरानै छ ।
नयाँ आवरण आएको उक्त गीतमा सुन्दरमणीकै संगीत र भिडियो निर्देशनमा माझीले उक्त ब्लकबस्टर गीत ‘चरी जेलैमा’को दोस्रो सिक्वेल ल्याएकी छन् । ‘चरी जेलैमा २’ बोलको गीत बुधबार बेलुका युट्युवमा रिलिज भएको छ ।
केही शब्दबाहेक गीतको दोस्रो भागमा नयाँपन केही छैन । लय, संगीत र धुनहरु पुरानै छन् । अघिल्लो गीतमै शब्दहरु मिसमास गरेर ल्याइएको गीतमा दर्शकीय प्रतिक्रिया पनि नयाँपन छैन भन्नेछ ।
माझीको तीज गीत अब युट्युव प्लेटफर्ममा मात्र सीमित नरहेर यसपटकदेखि स्पटीफाइ, एप्पल म्युजिक, टाइडल, अमेजन म्युजिक, युट्युव म्युजिकमा पनि उपलब्ध छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology