Logo

२०८३, आश्विन १०गते


images
images

रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली पार्टीको मुख्य जिम्मेवारीमा नरहने

रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली पार्टीको मुख्य जिम्मेवारीमा नरहने

images
  • रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली पार्टीको मुख्य जिम्मेवारीमा नरहने
    images
    images

    माधव ज्ञवाली, गुल्मी । गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले पार्टीको मुख्य जिम्मेवारीबाट अलग रहने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्र रुरुक्षेत्र गाउँपालिका अध्यक्ष रहेका ज्ञवालीले आफूमाथि पुरै गाउँपालिकाको मुख्य जिम्मेवारी आएकोले पार्टीको मुख्य जिम्मेवारीबाट अलग रहने बताएका हुन् । 

    images
    images
    images

    गाउँपालिका अध्यक्ष र पार्टीको अध्यक्ष पनि भएर एकैपटक दुुुईवटा जिम्मेवारी बहन गर्दा गाउँपालिकाको काममा बाधा पुग्ने भएकोले आफुले सो निर्णय लिएको उनको भनाइ छ।

    images
    images
    images

    उनी भन्छन् ,"ठुलो आश र भरोसा रुरुका जनताले म माथी गर्नुभएको छ। उहाँहरुले दिएको त्यो माया र भरोसालाई मैले टुट्न दिनु हुँदैन। पार्टी भन्दा माथि उठेर आगामी ५ बर्ष पुरै जनताको सेवामा म आफुलाई होम्न चाहान्छु।" 

    images
    images
    images

    आफ्नो कार्यकाल भरी रचनात्मक सुझाव सल्लाह दिनुहुन अनुरोध गर्दै  ज्ञवालीले सबैको सुझाव सल्लाह अनुरुप नै आफुले विकास निर्माणका कामहरु गर्ने र योजनाहरु बनाउने पनि  बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।