Logo

२०८३, श्रावण ३०गते


images
images

कुलप्रसाद केसी नेतृत्वको प्रदेश सरकार गठनको १ बर्ष पूरा, यी हुन् १७ उपलब्धि

कुलप्रसाद केसी नेतृत्वको प्रदेश सरकार गठनको १ बर्ष पूरा, यी हुन् १७ उपलब्धि

images
  • सेतोमसी सहकर्मी
  • कुलप्रसाद केसी नेतृत्वको प्रदेश सरकार गठनको १ बर्ष पूरा, यी हुन् १७ उपलब्धि
    images
    images

    मानसिंह विश्वकर्मा, बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता तिलकराम शर्माले मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा गठित सरकारको १ वर्षे कार्यकाल सफल भएको दाबी गरेका छन् । 

    images
    images
    images

    केसी नेतृत्वको प्रदेश सरकारले १ वर्ष पुरा गरेको अवसरमा प्रदेश सरकारको तर्फबाट आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता शर्माले आर्थिक वर्ष २०७८।७९ मा आर्थिक बृद्धिदर ५.३६ प्रतिशत तथा प्रतिव्यक्ति आय  ११०३ यूयस डलर र राष्ट्रिय कुल ग्राहस्थमा १४.१ प्रतिशत योगदान रहेको बताए । साथै उनले बजेट कार्यान्वयको सन्दर्भमा पुँजिगत ७७.४७ प्रतिशत र चालु खर्च ७०.२२ प्रतिशत कुल खर्च ७४.२० प्रतिशत रहेको जानकारी दिए ।

    images
    images
    images

        
    लुम्बिनी प्रदेश सरकारले गरेका कार्यको ५२ बुँदि कार्य प्रगति पत्रकार भेटघाटमा प्रस्तुत गर्दै प्रवक्ता शर्माले प्रदेश सरकारले प्रदेशबासीहरुको जीवनलाई समृद्ध बनाउने गरी कार्य थालनी गरेको बताए ।

    images
    images
    images


    मुख्यमन्त्री कुल प्रसाद केसीको नेतृत्वको प्रदेश सरकारको एक वर्षका महत्वपूर्ण उपलब्धिहरू यसप्रकार रहेका छन्:

                

    १) मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम घोषणा भई प्रदेशका १०९ वटै स्थानीय तहमा लागू भई कार्यान्वयनमा आएको ।

    २) प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेट मार्फत् ४ वटा प्रदेश गौरवका आयोजनाको रुपमा राप्‍ती उपत्यकामा राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्‍वविद्यालय र रामपुर, पाल्पादेखि पातिहाल्ना, रोल्पा सडक आयोजना घोषणा गरिएको ।

    ३) प्रदेश राजधानी निर्माणका लागि गुरु योजना तयार भई कार्यान्वयनमा आएको

    ४) राजधानी व्यवस्थापनका लागि ल्याण्ड पुलिङको कार्य अगाडि बढाइएको ।

    ५) राप्‍ती प्राविधिक शिक्षालयको १८ बिगाह जग्गाभित्र ८ वटा प्रशासनिक भवन निर्माण कार्य अगाडि बढाइएको ।

    ६) लुम्बिनी प्राविधिक विश्‍वविद्यालय स्थापनाका लागि ऐन नियम कानुनको तर्जुमा गरी उपकुलपतिको नियुक्ति गरिएको ।  

    ७) प्रदेशको राजधानी राप्‍ती उपत्यकाको लालमटियामा प्रदेश सभा भवन निर्माण भएको ।

    ८) राप्‍ती प्राविधिक शिक्षालयको स्थानान्तरणको कार्य सुरु भइसकेको ।

    ९) मुटु, मृगौला र क्यान्सर रोगको उपचारार्थ  विपन्‍न नागरिक उपचारमा थप सहयोग रु २ लाखसम्म प्रतिव्यक्ति उपचार सहायता उपलब्ध गराउने कार्यक्रम अन्तर्गत कार्यविधि तर्जुमा गरी २७६ जनाले सहायता प्राप्‍त गर्नु भएको ।

    १०) पाँचौं प्रदेश समन्वय परिषद्को बैठक सम्पन्‍न भई निर्णयहरूको कार्यान्वयन गरिएको ।

    ११) नवनिर्वाचित १०९ स्थानीय तहका प्रमुखरअध्यक्ष, उपप्रमुखरउपाध्यक्षसँग प्रदेश सरकार र स्थानीय तह बीचको समन्वय र अन्तरसम्बन्धका सम्बन्धमा विज्ञहरु सहित छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको ।

    १२) संघीय शासन व्यवस्थाको सबलीकरणका लागि राष्ट्रिय सभाका सम्माननीय अध्यक्षसमेतको सहभागितामा राष्ट्रिय सभाका माननीय सदस्यहरु, संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारीहरुबीच बृहत् बहुपक्षीय अन्तरक्रियात्मक कार्यक्रम सञ्‍चालन गरिएको ।

    १३) १२ वटै जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखसँग छलफल तथा अन्तरक्रिया सम्पन्‍न गरिएको  ।

    १४) प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत ८ वटा स्थानीय तहमा स्थानीय तहको लागत सहभागितामा स्थानीय आर्थिक विकास, सूचना प्रविधि सञ्‍जाल विस्तार र लैङ्‍गिक समावेशीकरणको क्षेत्रमा नवप्रवर्तन साझेदारी कोष कार्यक्रम सञ्‍चालन गरिएको ।


    १५) प्रदेशवासीका गुनासाहरुलाई समयमै सम्बोधन गरी शासकीय व्यवस्थामा सुधार ल्याउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हेलो मुख्यमन्त्री कार्यक्रम हटलाईन सेवा  टोल फ्री नम्बरः(१६६०७१५२००७०) सञ्‍चालनमा ल्याइएको

    १६) प्रदेश सरकारका मन्त्रालय वा अन्तर्गत निकायको कार्यमूलक संगठन संरचना र दरबन्दी विवरण तयार गरी प्रकाशन गरिएको ।

    १७) प्रदेश सरकारको  सहयोगमा २३ स्थानीय तहको आवधिक योजना, ४४ स्थानीय तहको क्षमता विकास योजना र ३९ स्थानीय तहको  राजस्व सुधार कार्य योजना सम्बन्धित स्थानीय तहको सहभागितामा तयार गरिएको ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।