Logo

२०८३, आश्विन १०गते


images
images

रुरुक्षेत्रको 'ड्रिम प्राेजेक्ट' फलाँटे-भट्कुवा झाेलुँगे पुलकाे डिपिआर सुरु 

रुरुक्षेत्रको 'ड्रिम प्राेजेक्ट' फलाँटे-भट्कुवा झाेलुँगे पुलकाे डिपिआर सुरु 

images
  • सेतोमसी सहकर्मी
  • रुरुक्षेत्रको 'ड्रिम प्राेजेक्ट' फलाँटे-भट्कुवा झाेलुँगे पुलकाे डिपिआर सुरु 
    images
    images

    कृष्ण अन्जान, गुल्मी । रुरुक्षेत्रकै गौरवकाे रुपमा रहने भटकुवाकाे सालिपाेखरी र थाेर्गाकाे फलाटे जोड्ने पुलकाे डिपिआर काे काम सुरु भएकाे छ ।

    images
    images
    images

    रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीकाे ड्रिम प्राेजेक्टकाे रुपमा रहेकाे याे पुल निर्माण भए भट्कुवालाई तानसेन रिडी माेटरबाटाेकाे पहुँचसंग जाेड्न सहज हुनेछ भने रुरुक्षेत्रकाे पर्यटन प्रबर्द्धनमा समेत नयाँ आयाम थपिने छ । received_3333615293539556.jpeg

    images
    images
    images

    संघिय सरकार तथा झोलुङे पुल बिभागले यस बर्ष डिपिआर तयार गरि योजना अघि बढाउनका लागि इन्जिनियर गोपाल बहादुर थापाको नेतृत्वमा  सर्भेको सुरुवात गरिएकाे  छ ।

    images
    images
    images

    नेपालकै अग्लाे मध्येकाे याे पुल निर्माण भएसँगै एकातिर पर्यटन प्रबर्द्धनमा नयाँ आयाम थपिनेछ भने अर्कोतिर भट्कुवालाई हाेमस्टेकाे रुपमा विकास गर्न सहज हुनछ ।

    पुल निर्माणलाई सहज बनाउन अधिग्रहण गरिने जग्गाको मुआब्जाका लागि रुरुक्षेत्र गाउँपालिका वडा नं. १ ले याे वर्ष बजेट बिनियाेजन गरिसकेकाे छ ।

    तानसेन-रिडी-तम्घास माेटरबाटाेकाे फलाँटे क्षेत्रबाट पुल निर्माण कार्य हुने भएपछि आन्तरिक र वाह्य पर्यटकहरुका लागि पनि यहाँकाे पहुँच सहज हुने भएकाे छ ।

    रुरुक्षेत्र गाउँ पालिका अध्यक्ष यदु ज्ञवालीकाे पहल र परिकल्पनामा यस अघि याे झाेलुँगे पुलकाे प्रारम्भिक सर्वेक्षण गरिएकाे  थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।