Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचनमा खटाउँदा शिक्षकको तह र मर्यादा ख्याल राख्न निर्वाचन आयोगलाई पत्र

निर्वाचनमा खटाउँदा शिक्षकको तह र मर्यादा ख्याल राख्न निर्वाचन आयोगलाई पत्र

images
  • निर्वाचनमा खटाउँदा शिक्षकको तह र मर्यादा ख्याल राख्न निर्वाचन आयोगलाई पत्र
    images
    images

    काठमाडौं । नेपाल शिक्षक महासङ्घले शिक्षकलाई निर्वाचनमा खटाउँदा तह र मर्यादालाई ख्याल राख्न अनुरोध गरेको छ । महासङ्घले निर्वाचन आयोगलाई पत्र लेख्दै विगतमा शिक्षकलाई निर्वाचनमा खटाउने सन्दर्भमा निजामती कर्मचारीभन्दा तल राखी जिम्मेवारी दिएकोमा त्यसो नगर्न अनुरोध गरेका हो ।

    images
    images
    images

    महासङ्घका महासचिव लक्ष्मीकिशोर सुबेदीले निर्वाचन आयोगलाई लेखेको पत्रमा भनिएको छ - "विगतका निर्वाचनमा शिक्षकलाई निर्वाचन सम्बन्धी जिम्मेवारी प्रदान गर्दा निजामती सेवाको समान तथा तल्लोतहको पदभन्दा तल राखी जिम्मेवारी दिएको पाइएकोले यस पटकको निर्वाचनमा तह र मर्यादालाई ख्याल राखी सोही अनुसार निर्वाचन टोलिमा जिम्मेवारी प्रदान गर्न अनुरोध गर्दछौं ।"

    images
    images
    images

    पत्रमा निर्वाचन आयोगलाई शिक्षक र निजामती सेवाको तह र श्रेणी समान रहेको उल्लेख गर्दै शिक्षक र निजामती कर्मचारीको तहको विवरण नै खुलाईएको छ ।

    images
    images
    images

    जस अनुसार  प्रा.वि. तृतीय खरिदार सरह, प्रा.वि. द्वितीय र नि.मा. तृतीय ( ना.सु. सरह), नि.मा.द्वितीय र मा.वि. तृतीय (शाखा अधिकृत सरह), नि.मा. प्रथम र मा.वि.द्वितीय (उपसचिव सरह) र मा.वि. प्रथम ( सहसचिव सरह) हुनुपर्ने पत्रमा उल्लेख छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।