Logo

२०८३, आश्विन ९गते


images
images

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन

images
  • नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन
    images
    images

    काठमाडौं  ।  नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार राति ९:३० बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गिरिको निधन भएको नेपाली कांग्रेसको संसदीय दलका सचेत मीन बहादुर विश्वकर्माले पुष्टि गरेका छन् ।

    images
    images
    images

    प्रतिनिधि सभाको सांसद समेत रहेका गिरिलाई घाँटीको क्यान्सर भएपछि केही समयअघि उपचारका लागि भारतको मुम्बई लगिएको थियो । मुम्बईमा क्यान्सरको सफल उपचार गरेर नेपाल फर्किएका गिरिलाई लगत्तै निमोनिया संक्रमण देखिएपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

    images
    images
    images

    स्वास्थ्यमा क्रमिक सुधार देखिएको भनिएपनि केही दिनदेखि नेता गिरिको स्वास्थ्य अवस्था नाजुक रहेको खबर बाहिर आएका थिए । उनलाई ३ वर्ष अघि नै क्यान्सरको लक्षण देखिएको बताइएको छ ।

    images
    images
    images

    नेता गिरि नेपाली राजनीतिका बौद्धिक नेताका रूपमा परिचित छन्। प्रखर वक्ता एवं समाजवादी चिन्तक समेत मानिने नेता गिरि नेपाली कांग्रेसका प्रभावशाली नेता थिए । received_776764420034236.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रदीप गिरि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।