Logo

२०८३, आश्विन ९गते


images
images

समाजवादी  चिन्तक गिरिको आजै अन्त्येष्टि गरिने

समाजवादी  चिन्तक गिरिको आजै अन्त्येष्टि गरिने

पार्थिव शरीर मेडिसिटी अस्पतालको शिवालयमा ११ बजेसम्म र त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने
images
  • समाजवादी  चिन्तक गिरिको आजै अन्त्येष्टि गरिने
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको आज अन्त्येष्टि गरिँदैछ। शनिबार राति ७५ वर्षको उमेरमा उपचारकै क्रममा निधन भएका गिरिको आज हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिनेछ।

    images
    images
    images

    कांग्रेस संसदीय दलको कार्यालयका अनुसार उनको पार्थिव शरीर मेडिसिटी अस्पतालको शिवालयमा आज बिहान ९ देखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ।  त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे ११ देखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ।

    images
    images
    images

    त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।

    images
    images
    images

    प्रतिनिधि सभा सदस्यसमेत रहेका गिरि लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए ।
    समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपछि नेपाल फर्किएका थिए।

    घाँटीको क्यान्सर भएपछि भारत गएर शल्यक्रिया गरेका गिरि गत साउन ९ गते मेडिसिटी अस्पताल भर्ना भएका थिए। उनलाई निमोनियाले च्याप्नुका साथै शरीरका धेरै अंगले काम गर्न छाडेका थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रदीप गिरि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।