Logo

२०८३, श्रावण ३०गते


images
images

नर्भिक अस्पतालको मुद्दामा पेसी नआएपछि सामाजिक सञ्जालमा बालेनको व्यङ्ग्य

नर्भिक अस्पतालको मुद्दामा पेसी नआएपछि सामाजिक सञ्जालमा बालेनको व्यङ्ग्य

images
  • नर्भिक अस्पतालको मुद्दामा पेसी नआएपछि सामाजिक सञ्जालमा बालेनको व्यङ्ग्य
    images
    images

    काठमाडौं । नर्भिक अस्पतालले भाडामा लिएको सरकारी जग्गामा रहेको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेकोमा सो मुद्दाको पेसी आइतबार पनि हेर्न नभ्याइने सूचीमा परेको छ । मुद्दाको पेसी न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा परेको थियो । 

    images
    images
    images

    मुद्दाको पेसी नआएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर पोस्ट गर्दै व्यङ्ग्य गरेका छन् । उनले लेखेका छन्, ‘अल्पकालीन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन । सायद यो कार्यकाल पछि आउँछ कि ? 

    images
    images
    images

    काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र उक्त संरचना हटाउन निर्देशन दिएपछि नर्भिक अस्पतालले दिएको रिटमा अदालतले गत साउन २५ गते अस्पताल अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सोही दिन अस्पतालले दिएको रिटमा न्यायाधीश मनोजकुमार शर्माको इजलासले फास्ट ट्रयाकमा सोही दिन नै अन्तरिम आदेश दिनुका साथै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।