Logo

२०८३, श्रावण ३०गते


images
images

‘क्षमा सप्ताह’ लिएर जनतामा जान ओलीलाई घनश्यामको सुझाव

‘क्षमा सप्ताह’ लिएर जनतामा जान ओलीलाई घनश्यामको सुझाव

images
  • ‘क्षमा सप्ताह’ लिएर जनतामा जान ओलीलाई घनश्यामको सुझाव
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीले जनतामाझ क्षमा सप्ताह लिएर जानुपर्ने प्रस्ताव अघि सारेका छन्।

    images
    images
    images

    भुसालले लिखित प्रस्ताव पेश गर्दै आफ्ना गल्ती कमजोरी लिएर जनतामाझ जानुपर्ने बताएका हुन्। वाम आन्दोलन विभाजनबारे पार्टीले गरेका गल्तीबारे श्वेतपत्र जारी गर्नुपर्ने उनको प्रस्ताव छ।

    images
    images
    images

    भुसालले मंगलबार बसेको एमालेको स्थायी कमिटी बैठकमा उक्त प्रस्ताव राखेका हुन्। 

    images
    images
    images

    ‘हाम्रा कुन गल्ती र कमजोरीले वाम आन्दोलन विभाजित भयो भन्नेबारे श्वेतपत्रसहित हामी जनताकोमा जाँदा जनताले ठूलो समर्थन दिनेछन्,’ भुसालले भनेका छन्,‘अब हामीले गल्ती गर्दैनौं भनेर जनताका बीच गएर हामीले राजा ज्ञानेन्द्रविरूद्ध जनमतलाई एकतावद्ध पारेको कुरा यहाँ स्मरणीय छ। जनताका बीचमा जाने त्यस्तो कार्यक्रमलाई मैले क्षमा सप्ताह भनेको छु।’

    पार्टीमा आफूले सुदृढीकरणको एजेण्डा उठाउँदा अनावश्यक रूपमा विवादित बनाउने प्रयत्न भएको भुसालको भनाइ छ। आफूले सुधारका कुरा उठाउँदा अनुशासन आयोगको नाममा आफूलाई विवादमा तान्ने प्रयत्न भएको उनले बताएका छन्।

    ‘मैले पार्टीमा उठाएका प्रश्नहरू पार्टीको भविष्यसँग सम्बन्धित छ। व्यक्तिगत रूपमा लिनु/दिनु छैन। विचारको कुरा उठाउँदा म कहाँ पर्छु मेरो भविष्य के हुन्छ कोसँग मिल्दा/नमिल्दा मलाई लाभहानी हुन्छ भन्ने हिसाब-किताब मैले गरेको छैन,’ उनले प्रस्तावमा लेखेका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।