Logo

२०८३, श्रावण ३०गते


images
images

नक्शा लिएर गएँ, डोजर चलाएँ, मैले के बिराएँ: मेयर शाह

नक्शा लिएर गएँ, डोजर चलाएँ, मैले के बिराएँ: मेयर शाह

images
  • नक्शा लिएर गएँ, डोजर चलाएँ, मैले के बिराएँ: मेयर शाह
    images
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ३५ दिने सूचनाको अवधि सकिएपछि बिहीबार अपरान्ह अल्फाबिटाको अवैध संरचना भत्काएको छ।

    images
    images
    images


    मेयर शाहले यस सम्बन्धी फेसबुक एक स्टाटसमार्फत अल्फाबिटाको प्रतिनिधिले नक्शा मागेपछि आँफैले नक्शा र डोजर लिएर गाएको बताएका छन्। उनले अब उपरान्त यस्तो कार्य गर्न नपरोस् भनेका छन्। उनले सबैसँग अबैधानिकरुपमा बनाइएका संरचना आँफैले बुझेर हटाउन र नक्सा जसरी पास भएको छ, त्यहि अनुसार नै बनाउन आग्रह गरेका छन्।  

    images
    images
    images


    उनले लखेका छन्, 'उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ। मैले के बिराएँ। अब उपरान्त यस्तो गर्न नपरोस् , सबैले आँफै बुझेर अबैधानिकरुप मा बनाइएको सम्रचना हटाइ दिनु होला। नक्सा जसरी पास भएको छ, त्यही अनुसार बनाइ दिनु होला।'

    images
    images
    images


    अवैध संरचनाहरु हटाउने अभियान चलाएका मेयर बालेन शाहसहितको टोली बिहीबार विहान अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गर्दा अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको मात्र जिकिर गरेनन्, मेयरलाई डन नबन्न चेतावनी समेत दिएका थिए। मेयर शाहले घरको नक्सा देखाउन आग्रह गर्दा उल्टो महानगरमा हुनुपर्ने बताएका थिए। विवादपछि फर्किएका मेयर बालेन घरको नक्सा र डोजर लिएर अल्फबिटा पुगेर उक्त संरचनामा डाेजर चलाएकाे छ। 
    अल्फाबिटाका मालिक कोरोना संक्रमण कालमा मेडिकल सामग्री आयातमा घोटाला गरेको आराेप लागेको ओम्नी समूहसँग आवद्ध छन्। सयौंको संख्यामा सर्वसाधारणहरुको कोरोना संक्रमणबाट मृत्यु भइरहेका बेलामा समेत स्वास्थ्य सामग्रीहरु खरिद गर्दा घोटाला गरेको आरोप ओम्नी समूहमाथि लागेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन शाह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।