Logo

२०८३, श्रावण ३०गते


images
images

विप्लव नेतृत्वको नेकपाको बुटवल नगर सेक्रेटरीमा 'रोमियो' चुनिए 

विप्लव नेतृत्वको नेकपाको बुटवल नगर सेक्रेटरीमा 'रोमियो' चुनिए 

images
  • विप्लव नेतृत्वको नेकपाको बुटवल नगर सेक्रेटरीमा 'रोमियो' चुनिए 
    images
    images

    विनोद खनाल, रुपन्देही । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बुटवल नगर भेला बिहिबार बुटवलमा सम्पन्न भएको छ । असोजमा महाधिवेशन गर्ने तयारी गरेको उक्त पार्टीले वडा, नगर, जिल्ला हुदै केन्द्रीय महाधिवेशनको तयारी गरिरहेको छ । यसैबीच बुटवलमा सम्पन्न नगर भेलाले 'रोमियो' को नेतृत्वमा २५ सदस्यीय कमिटी गठन गरेको छ । 

    images
    images
    images

    भेलालाई सम्बोधन गर्दै सेक्रेटरी विश्वास भट्टराईले एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नुको कुनै विकल्प नभएको बताए ।

    images
    images
    images

     बुटवल इन्चार्ज बिरेन्द्र बि क लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै बर्तमान सरकार तीन बुँदे शान्ति सम्झौता प्रति इमानदार नदेखिएकोले सचेत रहदै पार्टीले उठाएका बिचारहरुलाई जनताको विच लैजानुपर्नेमा जोड दिए । 

    images
    images
    images

    'रोमियो'को अध्यक्षतामा सम्पन्न भेलाको संचालन 'आत्मा'ले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।