Logo

२०८३, आश्विन ९गते


images
images

सगरमाथा आवासीय मा.वि. मा तीजगीत नृत्य प्रतियोगिता

सगरमाथा आवासीय मा.वि. मा तीजगीत नृत्य प्रतियोगिता

images
  • सगरमाथा आवासीय मा.वि. मा तीजगीत नृत्य प्रतियोगिता
    images
    images

    देवदह । सगरमाथा आवासीय मा.वि., देवदह —७ शीतलनगरमा तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई आफ्नो मौलिक कला र संस्कृतिप्रति जागरुक गराउने र नृत्य कलाको प्रवद्र्धन गर्ने उद्देश्यले आइतबार तीज गीत नृत्य प्रतियोगिताको आयोजना गरिएको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    कक्षा २ र ३ का विद्यार्थीहरु मध्ये प्रथम स्नेहा पोख्रेलको समुह, दोस्रो निरन्शु सुनारको समूह,  तेस्रो अनुस्का सापकोटाको समूह र सान्त्वना जेनिसा थापाको समुह भएका छन् । 

    images
    images
    images

    त्यसैगरी कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको बिचमा पनि अन्तर सदनात्मक तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ । जसमा जुनियतर्फ प्रथम स्थान ग्रीन हाउस, दोस्रो स्थान ब्ल्यु हाउस, तेस्रो स्थान रेड हाउस र सान्त्वना स्थानमा ग्रीन हाउस रहेको छ । 

    images
    images
    images

    विद्यालयका करिब ३०० बढी विद्यार्थीहरुको नृत्य समावेश भएको उक्त प्रतियोगितामा नृत्य प्रशिक्षक मोहन गुरुङ् र शिक्षक मनिता चिदी मगरले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

    विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेल प्रमुख अतिथी रहेको उक्त कार्यक्रम सह–प्राचार्य लेखनाथ काफ्लेको अध्यक्षता र शिक्षक ललिता न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।