Logo

२०८३, आश्विन ९गते


images
images

नगरस्तरिय अन्तर विद्यालय नृत्य प्रतियोगितामा बुद्ध पव्लिक प्रथम

नगरस्तरिय अन्तर विद्यालय नृत्य प्रतियोगितामा बुद्ध पव्लिक प्रथम

images
  • नगरस्तरिय अन्तर विद्यालय नृत्य प्रतियोगितामा बुद्ध पव्लिक प्रथम
    images
    images

    देवदह । रूपन्देहीको देवदह नगरपालिका वडा नं ४ मा अवस्थित महामाया भवानी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तथा ५३औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्तव्यापी कार्यक्रम अन्तर्गत पाचौं दिन बुधबार नगरस्तरिय अन्तर विद्यालय नृत्य  प्रतियोगिता सम्पन्न भएको छ । देवदहका ११ विद्यालय सहभागी रहेको प्रतियोगितामा बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ । 

    images
    images
    images

    प्रतियोगितामा न्यू लुम्बिनी बोर्डिंग स्कुल दोस्रो भएको छ भने देवदह बोर्डिंग स्कुल तेस्रो हुन सफल भएको छ । 

    images
    images
    images

    प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक मीनप्रसाद भट्टराईले बताए । 

    images
    images
    images

    त्यस्तै सोही विद्यालयमा बुधबार अभिभावक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। ११ जना महिला अभिभावकहरुको सहभागिता रहेको हाजिरीजवाफ प्रतियोगितामा १५ वटा प्रश्न राखिएको थियो । जसमा ७ वटा प्रश्नको सही जवाफ दिँदै बिनिता खड्का प्रथम भएकी छन् । प्रतियोगितामा  पुनाकुमारी पाण्डेले ६ वटा प्रश्नको सही जवाफ दिँदै दोस्रो र ४ वटा प्रश्नको जवाफ दिँदै रञ्जिता कुमारी चौधरी तेस्रो भएका छन् ।
     
    प्रतियोगितामा विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेस गुप्ता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल घर्ती जी.सी लगायतले पुरस्कार वितरण गरेका थिए ।

    विद्यालयमा समाजमा हुने गरेका घटनालाई चित्रण गर्दै महामाया भवानीका विद्यार्थीहरुले गीति नाटक समेत प्रदर्शन  गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।