Logo

२०८३, आश्विन ९गते


images
images

बुद्ध पव्लिकमा खेलकुद र खाना महोत्सव

बुद्ध पव्लिकमा खेलकुद र खाना महोत्सव

images
  • बुद्ध पव्लिकमा  खेलकुद र खाना महोत्सव
    images
    images

    देवदह । देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालय देवदह–५, ले अभिभावक खेलकुद प्रतियोगिता तथा खाना महोत्सव सम्पन्न गरेको छ । विद्यालयको २३ औं बार्षिकोत्सवको पुर्व सन्ध्यामा अभिभावक-शिक्षक वीच भलिवल, कुर्चीदौड, घैटोफोर तथा खाना महोत्सव् सम्पन्न भएको हो ।

    images
    images
    images

    प्रतियोगिता तथा महोत्सव उद्घाटन गर्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले देवदहलाई शैक्षिक हवको रुपमा विकास गर्नेगरी नगरपालिका लागिरहेको बताइन् । उनले नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको दावी समेत गरिन् । उपप्रमुख गुरुङ्गले सामुदायिक तथा संस्थागत विद्यालयहरुले व्यवहारिक शिक्षालाई प्राथमिकता दिनु पर्नेमा जोड दिँदै राज्यले सामुदायिक विद्यालयमा ठूलो लगानी गरेपनि सोचे जस्तो प्रतिफल आउन नसकेको बताइन् । उनले शिक्षाको विकासमा नीजि क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउँदै देवदह नगरपालिकाले संस्थागत र सामुदायिक विद्यालयलाई एउटै नजरले हेर्ने गरेको उल्लेख गरिन् । 

    images
    images
    images

    यसैबीच शनिवार सम्पन्न शिक्षक र अभिभावक बीचको भलिबल प्रतियोगितामा अभिभावकको टिम विजयी भएको छ ।

    images
    images
    images

    विद्यालयका शिक्षक र अभिभावक वीच भएको फाईनल खेलमा शिक्षकको टिमलाई सोझो सेटमा हराउदै अभिभावकको टिम विजयी भएको हो । यसैगरी महिला अभिभावकहरु वीच कुर्ची दौड प्रतियोगिता सम्पन्न भएको विद्यालयले जनाएको छ ।


    कार्यक्रममा विद्यार्थीहरु द्वारा विभिन्न खानाका परिकार बनाएर विक्रि गरिएको थियो ।

    बार्षिकोत्सवको अवसरमा विजय डेन्टलको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर समेत सम्पन्न भएको छ । स्वास्थ्य शिविरमा दाँत तथा  आँखा परिक्षण गरिएको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकिशन अधिकारीको अध्यक्षता, उपाध्यक्ष हरिप्रसाद ढुंगानाको स्वागत र शिक्षक ढुण्डीराज मरासिनीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।