Logo

२०८३, श्रावण ३०गते


images
images

स्पिकर बजाएको निहुँमा भुमि आयोगका कर्मचारीमाथि कुटपिट

स्पिकर बजाएको निहुँमा भुमि आयोगका कर्मचारीमाथि कुटपिट

images
  • स्पिकर बजाएको निहुँमा भुमि आयोगका कर्मचारीमाथि कुटपिट
    प्रतीकात्मक तस्वीर
    images
    images

    राहुल देव सापकोटा, देवदह । "अचानक तीन जना अन्जान मानिस आए, स्पिकर बजाएर गाउँलाइ डिस्ट्रब गर्ने भनेर हाम्रो समुहको एक जना साथिलाइ घाँटीमा छोपेर एक मुक्का हाने ।"

    images
    images
    images

    घटना हो सोमबार बेलुकी करिव ८ बजेको । रुपन्देहीको देवदह नगरपालिका वडा नं ५ मा भुमि आयोगको कार्यालय छ। लापुर्जा बितरण प्रक्रियाका लागि देवदहमा जग्गा नाप जाँचको कार्य चलिरहेको छ। नेपालका विभिन्न क्षेत्रबाट नेपाल सरकारद्वारा खटाइका कर्मचारीहरु एक घरमा डेरामा बस्ने गरेका छन र उक्त घरको अगाडीको कोठामा भुमी आयोगको कार्यालय छ। 

    images
    images
    images

    जताततै तिजको लहरमा गाउँगाउँमा स्पिकरहरु बजाइएका थिए। घरपरिवार आफन्ती जुटेर दर खाने रमाइलो गर्ने कार्यक्रम चलिरहेको थियो। दिनभरीकाम गरेर बेलुकी पख नगरपालिकालाइ जानकारी गराएर आफुहरु घर जान सम्भव नभएकाले भुमि आयोगका कर्मचारी सबै मिलेर दर खाने योजना बौमोजिम खाना बनाएर खादै नाचगान गरिरहेकका थिए । 

    images
    images
    images

    नाचगानको माहोल एकाएक होहल्लाको बाताबरणमा परिणत भयो। अन्जान तिनजना मानिसको समूह आएर भुमी आयोगका कर्मचारी माथी जथाभावी बोलेर हातपात गरे। स्थानियले तुरुन्तै आएर कर्मचारीलाई बचाए। 

    "ठूलो स्वरमा गाना बजाएर गाँउमा डिस्ट्रब गर्ने भन्दै आएर इ भाइबहिनी माथी एक्कासी हातपात गरे।  हातपात गर्ने केटाहरु यो गाँउका स्थानिय होइनन र गाना चर्को स्वरमा बजाइएको पनि थिएन"  एक स्थानियले भने ।

    आफुहरुले उनिहरुलाइ यस अघि कहिलै नदेखेको र नचिनेको पनि कर्मचारीहरुले बताए। तिनैजनाले मापसे गरेर आएको कर्मचारीको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।