देवदह । देवदह नगरपालिका वडा नं. ५ मा अवस्थित सामुदायिक तथा संस्थागत विद्यालय र वडा समितिबिच पहिलोपटक संयुक्त बैठक सम्पन्न भएको छ । वडा अन्तर्गत रहेका विद्यालयलाई बालमैत्री बनाउँने र आउँदै गरेको बालदिवस (भाद्र २४ गते) मनाउने सन्दर्भमा बैठक आयोजना गरिएको हो ।
बैठकले राष्ट्रिय बालदिवसको अवसरमा भाद्र २४ गते वडास्तरमा मावि तह स्तरीय बक्तृत्वकला प्रतियोगिता गर्ने निर्णय गरेको वडा अध्यक्ष गणेश डुम्रेले बताए ।
त्यसैगरी वडा अन्तर्गतका विद्यालयहरूलाई बालमैत्री बनाउने, बालमैत्री वडा अभियान संचालन गर्ने, बालक्लब पुर्नगठन र परिचालन गर्ने तथा विद्यालय परिसरको ५० मिटर क्षेत्रमा लागु औषध न्यूनीकरण गर्ने सम्बन्धमा समेत बैठकमा छलफल भएको अध्यक्ष डुम्रेले जानकारी दिए ।
बैठकमा विद्यालयका प्राचार्य, सह-प्राचार्य लगायत वडा सदस्यहरूको सहभागीता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology