Logo

२०८३, श्रावण ३०गते


images
images

‘स्वतन्त्र तथा वैकल्पिक शक्ति'ले 'लौरो अभियान’ चलाउने

‘स्वतन्त्र तथा वैकल्पिक शक्ति'ले 'लौरो अभियान’ चलाउने

images
  • ‘स्वतन्त्र तथा वैकल्पिक शक्ति'ले 'लौरो अभियान’ चलाउने
    images
    images

    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारहरुले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गर्दैछन्।

    images
    images
    images

    संयोजक सुमन सायमीका अनुसार साझा चुनाव चिन्ह लोरो राखेर साझा घोषणा पत्र र साझा उम्मेदवारका लागि अभियान घोषणा गर्न लागिएको हो।

    images
    images
    images

    ‘आज दिउँसो २ बजे सम्पूर्ण स्वतन्त्र तथा वैकल्पिक उमेदवारहरुको तर्फबाट साझा चुनाव चिन्ह र साझा उम्मेद्बारको घोषणा कार्यक्रम राखिएको छ’, उनले भने।

    images
    images
    images

    सानेपाको हेरिटेज गार्डेनमा आज दिउँसो २ बजे एक कार्यक्रमकाबीच ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरिने भएको हो। 

    अभियानका संयोजक सायमी गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा  स्वतन्त्र उम्मेदवार बनेका थिए। 

    त्यतिबेला उनले आँखिझ्याल चुनाव चिन्हबाट १३ हजार ७७० मत ल्याएर चौथो भएका थिए। 

    स्थानीय तह निर्वाचन पछि सायमी स्वतन्त्र अभियानमा सक्रिय छन्। सायमीले काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने यसअघि नै घोषणा गरिसकेका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।