Logo

२०८३, श्रावण ३०गते


images
images

भूमिहीनहरूले अब महानगरको ढोकामा आएर आन्दोलन गर्नु पर्दैन : प्रमुख आचार्य

भूमिहीनहरूले अब महानगरको ढोकामा आएर आन्दोलन गर्नु पर्दैन : प्रमुख आचार्य

images
  • भूमिहीनहरूले अब महानगरको ढोकामा आएर आन्दोलन गर्नु पर्दैन : प्रमुख आचार्य
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ का २५१ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरिएको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोख्रेलले संयुक्त रूपमा उनीहरूलाई निस्सा वितरण गरे।

    images
    images
    images

    निस्सा वितरण गर्दै प्रमुख आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले प्राप्त गरेको निस्सा लालपुर्जा पाउनु अगाडीको लालपुर्जा नै भएको बताए । “यो सरकारी छाप लगाएको लालपुर्जा पाउनु अगाडीको लालपुर्जा नै हो, उनले भने , यो कागज नपाउनेले लालपुर्जा पाउदैन्, लालपुर्जा पाउनका लागि यो कागज नभई हुँदैन ।” उनले यसलाई लालपुर्जा जत्ति कै महत्त्व र सुरक्षाका साथ राख्न आग्रह गरे । आफूहरू लालपुर्जा वितरणको प्रक्रियामा रहेको र छिट्टै वितरणको काम थालिने उनले बताए ।

    images
    images
    images

     भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरु हाल बसिरहेको स्थानमा कुनै समस्या नभए सोही स्थानमा, यदि त्यो स्थान उपयुक्त नभए अर्को उपयुक्त स्थानको खोजी गरी बसोबासको व्यवस्था गरिने उनले भने । “अव तपाँईहरु महानगरको ढोकामा आएर जिन्दाबाद र मुर्दावाद भन्नु पर्दैन, , हामीले तपाँईहरुलाई खुसी नै बनाएर उचित व्यवस्था गर्छाँै ।” तर, सरकारले तोकेको समय सीमा भित्र सूचीकृत हुन नआएका र पछि दाबी विरोधको प्रक्रियामा झुटो ठहरिएका निवेदन उपर आवश्यक कारबाही हुने उनले भने ।

    images
    images
    images

    राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोख्रेलले कतिपयले यो निस्सा केही होइन भनेर भ्रम छर्न खोजेको भन्दै यसको महत्त्व माथि खेलबाड नगर्न सचेत गराए । 

    भोलि जग्गा प्राप्तिसम्मको अन्तिम प्रक्रियामा समेत यो निस्साको महत्त्वपूर्ण भूमिका रहने भएकाले यसलाई गर्वका साथ सुरक्षित राख्न उहाँले आग्रह गरे । “यहाँ कसैलाई लाग्न सक्छ, यो निस्सा भनेको केही होइन, उनले भने , निस्सा भनेको महत्त्वपूर्ण छ, यो निस्सा भनेको तपाँईहरुले लगत फर्म भरेको प्रमाण हो । 

    त्यतिमात्र होइन यही निस्साको आधारमा तपाईँको जग्गाको नाप जाँच हुन्छ ।” जग्गाधनी पुर्जा प्राप्त गर्ने बेला पनि यही निस्सा आवश्यक पर्ने उनले बताए म
    पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले वडामा रहेको भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरे । 

    वडावासीहरूको पीडामा आफूहरू साथमा रहेको उनले  विश्वास दिलाए । वडा नं. ९ मा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी अव्यवस्थित बसोबासीको सङ्ख्या ९११ रहेको छ । यसअघि महानगरको वडा नं. २५ र ३२ मा पनि निस्सा वितरण गरिसकिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।