देवदह । देवदहस्थित स्वर्णीम सगरमाथा कलेजले २०७८ सालको कक्षा १२ को परिक्षामा उत्कृष्ट जि.पि.ए सहित उत्तीर्ण विद्यार्थीहरुका लागी बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । सोमबार कलेजमा कार्यक्रम आयोजना गरि कलेजले विद्यार्थी उत्कृष्टसंगै उत्कृष्ट नतिजा ल्याउन खटिरहने शिक्षक र कर्मचारीलाई पनि सम्मान गरेको छ ।
कार्यक्रममा बोल्दै कलेजका प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्यार्थीहरुले विद्यालयवाट प्राप्त गरेको ज्ञान र क्षमतालाई समाज रुपान्तरणमा प्रयोग गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा वोल्ने विद्यार्थीहरुले आपनो शौक्षिक उपलब्धीको लागी शिक्षकहरु र विद्यालयप्रतिले गरेको मेहनतप्रति आभार व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरु अनिता क्षेत्री, वादल पाण्डे, स्मृति नेपाली र विद्यालय प्रथम भएका विद्याथी सरोज गुरुङ्गले आफनो मन्तव्य राखेका थिए ।
७७ विद्याथीको सहभागीता रहेको उक्त कार्यक्रम इ.सि.ए. संयोजक भिम कुमारी गुरुङ्गको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology