काठमाडौं । नेकपा माओवादी केन्द्र भक्तपुरले आसन्न प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार सिफारिस गरेको छ ।
सोमबार बसेको जिल्ला समन्वय समितिको बैठकले भक्तपुर -२ मा वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई एकल रुपमा सिफारिस गरेको हो ।
यो नेकपा एमालेका नेता महेश बस्नेतको क्षेत्र हो । एमालेनिकट युवा संघको पूर्व अध्यक्ष समेत रहेका बस्नेतले यो क्षेत्रमा चुनाव जित्दै आएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology