Logo

२०८३, श्रावण ३०गते


images
images

जिल्ला अदालतको फैसलाविरुद्ध  पल शाह पुनरावेदनमा जाने

जिल्ला अदालतको फैसलाविरुद्ध  पल शाह पुनरावेदनमा जाने

images
  • जिल्ला अदालतको फैसलाविरुद्ध  पल शाह पुनरावेदनमा जाने
    images
    images

    राजेश पराजुली, नवलपुर । जबरजस्ती करणी मुद्दामा सफाई दिएर बाल यौन दुर्ब्यबहारमा दोषी ठहर गरेको नवलपुर जिल्ला अदालतको फैसलाबिरुद्ध अभिनेता पल शाह पक्ष उच्च अदालत जाने भएका छन् ।

    images
    images
    images

    उक्त फैसलाप्रति असन्तुष्टि जनाउदै नवलपुर जिल्ला अदालतको फैसलाबिरुद्ध उच्च अदालत पोखरामा पुनराबेदन गरिने पल शाह पक्षधर अधिबक्ता कमल मोहन वाग्लेले जानकारी दिए। ‘कुनै पनि मिसिल-प्रमाणले कसुर प्रमाणित हुँदैन । त्यसैले यो फैसला नितान्त गलत छ,’ वाग्लेले भने, ‘हामी उच्चमा जान्छौं ।’

    images
    images
    images

    अदालतले बलात्कार नभएको ठहर गरेकोलाई सकारात्मक रुपमा लिन सकिँदैन भन्ने प्रश्नमा वाग्लेले भने, ‘विलकुल सकिँदैन । बाल यौन दुरुपयोग भने पनि त्यो कसुरदार नै हो । जबकि उ कसुरदार होइन भनिरहेका छौं । अब उच्च अदालतबाट न्याय पाउने आशा छ ।’
    पीडित भनिएकी नाबालिगले पनि आफूमाथि कुनै यौन हिंसा नभएको भन्दाभन्दै अदालतले गरेको फैसलाले निजको छविमा दाग लाग्ने अवस्था आएको पनि उनले बताए । ‘यसले पीडित भनिएकी नाबालिगमाथि पनि अन्याय भएको छ,’ उनले भने, ‘मलाई केही भएको छैन भन्दाभन्दै अदालतले तँमाथि यौन हिंसा भएको छ भनेर दाग लगाइदिनु गलत हो ।

    images
    images
    images

    जिल्ला अदालतले  पल शाहले बाल यौन दुरुपयोग गरेको ठहर गर्दै उनलाई अढाइ वर्षको जेल सजायका साथै १० लाख रुपैयाँ क्षतिपूर्ति र २५ हजार जरीवानाको फैसला सुनाएको छ । 

    उक्त फैसलामा आफूहरु सन्तुष्ट नरहेको पल शाहका वकिल कमलामोहन वाग्लेले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पल शाह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।