Logo

२०८३, श्रावण ३०गते


images
images

बाल यौनदुराचारको मुद्धामा अभिनेता पल शाहले पाए सफाइ

बाल यौनदुराचारको मुद्धामा अभिनेता पल शाहले पाए सफाइ

images
  • बाल यौनदुराचारको मुद्धामा अभिनेता पल शाहले पाए सफाइ
    images
    images

    काठमाण्डाै । अभिनेता पल शाहलाई उच्च अदालत पाेखराले बालयाैन दुराचारकाे मुद्दामा सफाइ दिएकाे छ । उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै शाहलाई सफाइ दिएको हो ।

    images
    images
    images

    गएकाे भदाै २१ गते शाहलाई नवलपुर जिल्ला अदालतले बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुराचारकाे अभियोगमा साढे दुई वर्षको कैद सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेकाे थियाे ।याे फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा रिट निवेदन दिएका थिए । यही निवेदनमाथि फैसला गर्दै उच्च अदालतले आज आइतवार सफाइ दिएकाे हाे । सफाइ पाएसँगै अब उनी रिहा हुनेछन् ।

    images
    images
    images

    नाबालिगमाथि जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ अदालतमा परेको मुद्दामा शाहले सफाइ पाइसकेका छन् । नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध २०७८ फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पल शाह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।