राजेश पराजुली, पोखरा । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई 'अवैध सन्तान' को संज्ञा दिएका छन् । पोखरामा जारी नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले गठबन्धन सरकारलाई जनताले नपठाएको भन्दै 'अवैध सम्बन्ध' बाट बनेको बताएका हुन् ।
उनले जनादेशबाट नभइ परमादेशबाट वर्तमान सरकार अवैध रुपमा बनेको उल्लेख गरे । ‘यो सरकार अवैध सन्तान जस्तै हो कसरी आयो भन्ने जनता अनविज्ञ छन्, उनले भने ‘जनताले पठाएको सरकार होइन यो परमादेशले बनाएको सरकार हो ।’
उनले परमादेश सरकारले देशलाई दुर्घटना तर्फ घकेलेको बताउदै अध्यक्ष ओलीले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि चुनावमा एमालेले जित्नै पर्ने दबाब रहेको धारणा राखे । ‘मंसिर ४ गतेको चुनाव एमालेले जित्नै पर्छ, उनले भने,‘ सामाजिक न्याय प्राप्तका लागि, समाजिक सद्भाव कायम गर्न, विकासको पूर्वाधारमा तिव्रता दिन, समानता कायम गर्न एमालेले चुनाव जित्नै पर्छ ।’
राष्ट्रिय सद्भाव कायम गर्न र समृद्ध नेपाल निर्माण गर्न एमालेले मंसिर ४ गतेको चुनाव जित्न आवश्यक रहेको उल्लेख गर्दै श्याम टमोटले लेखेका गीत नै गुनगुनाए । ‘हातमा कलम हुनेहरु कलम लिएर उठ, हातमा औजार हुनेहरु औजार लिएर उठ, उनले थपे, ‘केही नहुनेहरु आवाज लिएर उठ । यो देशको मुहार फेर्नलाई उठ ।’
उनले माधब कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीले थ्रेसहोल्ड क्रस गर्न नसक्ने दाबी गरे । ‘अहिले ति मान्छेहरु चोक्टा खान गएका झोलमा डुबेर फट्या फट्याक भइरहेका छन् । यो चुनावमा प्रचण्डको पार्टीले थ्रेसहोल्ड कटाएर यसपल्ट राष्ट्रिय पार्टीको इज्जत जोगाउँछ । माधव नेपालको पार्टीले थ्रेसहोल्ड पार गरेर तीन प्रतिशत ल्याएर संसदमा पुग्दैन, उनले भने, ‘तपाइहरुलाई यो भविष्यवाणी मिल्दैन कि भन्ने लाग्यो होला । नोट गरेर राख्नुस । चुनावसम्ममा माधब नेपालसँग आफुबाहेक कार्यकर्ता नै रहदैनन् ।’
उनले फरक प्रसंगमा लोकतन्त्रको आन्दोलन सफल भएपनि कार्यान्वयन हुन नसकेको बताउदै चिन्ता व्यक्त गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology