Logo

२०८३, श्रावण ३०गते


images
images

ध्रुबतारा सयपत्री सहकारी संस्था बुटवलको १६औं बार्षिक साधारणसभा सम्पन्न

ध्रुबतारा सयपत्री सहकारी संस्था बुटवलको १६औं बार्षिक साधारणसभा सम्पन्न

images
  • ध्रुबतारा सयपत्री सहकारी संस्था बुटवलको १६औं बार्षिक साधारणसभा सम्पन्न
    images
    images

    बुटवल । ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारी संस्था बुटवलको १६औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।राष्ट्रिय सहकारी महासंघका केन्द्रीय संचालक तथा जिल्ला सहकारी संघ रुपन्देही अध्यक्ष भिम तुलाचनको प्रमुख आतिथ्यतामा सहकारीको साधारणसभा सम्पन्न भएको हो ।

    images
    images
    images

    साधारणसभाले समितिकका संचालक पशुपति पौडेलको लेखा प्रतिवेदन तथा कोषाध्यक्ष विनोद खनालको वार्षिक बजेट प्रतिबेदन छलफल सहित पारित गरेको छ। १ हजार ४ सय २५ सदस्य रहेको सहकारीको साधारणसभा थकाली समाजको सभाहल आदर्शनगरमा सम्पन्न भएको हो।

    images
    images
    images

    साधारणसभामा रोजगार प्रबर्द्धन शाखा प्रमुख गुणाखर खनाल, अतिथिहरु मणिमुकुन्दसेन उद्धानपार्क फुलवारीका अध्यक्ष खेमप्रसाद लुईंटेल, जिल्ला सहाकारी संघ रुपन्देही सदस्य गंगालाल सापकोटा, आस्था बहुउद्देश्यीय सहाकारीका अध्यक्ष शोभाखर पोखरेल, जागरुक साकोसका अध्यक्ष लक्ष्मण बस्याल, उपकार साकोसका उपाध्यक्ष कृष्ण शर्मा, सल्लाहकार चुरामणी भुसाल निबर्तमान अध्यक्ष तुलसिराम शर्मा, कानुनी सल्लाहकार माधवप्रसाद घिमिरे लगायतले बोलेका थिए। 

    images
    images
    images

    सो क्रममा संस्थाका जेष्ठ सदस्य तथा असल ऋणीलाई प्रमाणपत्र र दोशल्ला ओढाएर सम्मान गरिएको थियो।संस्थाका जेष्ठ सदस्य ७२ बर्षीय पदमबहादुर जी.सी. लाई दोशल्ला ओढाएर  प्रमुख अतिथिले कार्यक्रम उद्धघाटन गरेका थिए ।

    कार्यक्रम संस्थाका अध्यक्ष मानबहादुर कुँवरको अध्यक्षता सचिव ई. गोविन्द लामिछानेको संचालन उपाध्यक्ष  ई. छबिन्द्र भट्टराई स्वागतमा सम्पन्न भएको थियो। 

    साधारणसभाले अध्यक्ष मानबहादुर कुँवरको प्रतिबेदन लेखा सुपरिवेक्षण संस्थाले सुनगाभा बचत प्रोत्साहन अन्तरगत  बचतकर्ता करिब ६० सदस्यलाई झोला बितरण समेत गरेको संयोजक बिनोद खनालले जानकारी दिए ।

    २० करोड ५७ लाख वासलात भएको संस्थाले ३ करोड ४ लाखको आम्दानी सहित २५ करोडको वासलात पुर्याउने बजेट पारित गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।