Logo

२०८३, आश्विन १०गते


images
images

एकीकृत समाजवादीले समानुपातिकमा नयाँलाई अवसर दिने

एकीकृत समाजवादीले समानुपातिकमा नयाँलाई अवसर दिने

images
  • एकीकृत समाजवादीले समानुपातिकमा नयाँलाई अवसर दिने
    images
    images

    राजेश पराजुली, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिक प्रणालीमा नयाँ नेतालाई अवसर प्रदान गर्ने भएको छ ।

    images
    images
    images

    पार्टीले बन्दसूचीमा हाल प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य रहेका नेतालाई निरन्तरता नदिने गरी मापदण्ड तय गरेको हो । महासचिव डा बेदुराम भुसालले पार्टी सङ्गठनमा क्रियाशील भई विगतमा अवसर नपाएका नेता तथा कार्यकर्तालाई प्राथमिकता दिने गरी मापदण्ड निर्माण गरिएको जानकारी दिए ।

    images
    images
    images

    उम्मेदवारको नामावली छनोट गर्दा पार्टी निर्माणमा योगदान गरेको, समाजमा लोकप्रियता कायम गरेको, स्वच्छ छवि भएको कार्यक्षमता राम्रो भएको र सुशासनका क्षेत्रमा सक्रिय भएका लगायतलाई आधार बनाएको महासचिव भुसालले जानकारी दिए ।

    images
    images
    images

    संविधानले निर्दिष्ट गरेको मापदण्डका साथै समावेशी प्रणालीलाई अवलम्बन गर्दै भौगोलिक सन्तुलनको व्यवस्थापन गरी उम्मेदवारको नाम छनोट कार्यमा सन्तुलन कायम गरिने उनले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।