Logo

२०८३, श्रावण ३०गते


images
images

संविधान दिवस

असोज ३ इतिहासकै स्वर्णिम दिन: मुख्यमन्त्री केसी

असोज ३ इतिहासकै स्वर्णिम दिन: मुख्यमन्त्री केसी

images
  • असोज ३ इतिहासकै स्वर्णिम दिन: मुख्यमन्त्री केसी
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्ना अधिकारहरूलाई संस्थागत गरेको संविधानप्रति गौरव गर्न अपील गरेका छन् । संविधान दिवसको शुभकामना जारी गर्दै केसीले असोज ३ सार्वभौम संविधानसभाबाट संविधान जारी भएको इतिहासकै स्वर्णिम दिन भएको बताएका हुन् । 

    images
    images
    images

    हेर्नुस् मुख्यमन्त्री केसीको शुभकामना सन्देश जस्ताको तस्तै: 

    images
    images
    images

    शुभकामना सन्देश

    images
    images
    images

    सार्वभौम नेपाली जनताले आफ्नो संविधान आफै जारी गरेको ऐतिहासिक दिन ‘संविधान दिवस दिवस–२०७९’  को गौरवपूर्ण अवसरमा प्रदेशवासी र समस्त देश, विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् प्रदेशको  निरन्तर समुन्नती तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

     सार्वभौम संविधानसभाबाट संविधान जारी भएको २०७२ असोज ३ गते नेपाली इतिहासकै स्वर्णिम दिन हो । यो स्वर्णिम दिन प्राप्तार्थ भएका विभिन्न जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलन र अन्य आन्दोलनमा सहादत प्राप्त गर्ने आदरणीय शहीदहरूप्रति उच्च सम्मानसाथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । संघर्षका क्रममा घाइते अपाङ्ग हुनुभएका योद्धाहरूप्रति सम्मानसहित शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बन्दी, बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु । 
     
    हाम्रो संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक, समावेशी शासन व्यवस्था लगायत वलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गरेको छ । यो ऐतिहासिक दिनमा सम्पूर्ण नेपाली तथा प्रदेशबासी जनसमुदायमा बधाई ज्ञापन गर्दै आफ्ना अधिकारहरूलाई संस्थागत गरेको संविधानप्रति गौरव गर्न अपील गर्दछु ।
     
    हामीले संविधानमा लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही ‘समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी’ एवं राष्ट्र निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प गरेका छौं । विगतका राज्यव्यवस्थाले सृजना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक लगायत सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने हाम्रो संविधानको संकल्प छ ।
     
    संविधानमार्फत हामीले संकल्प गरेको समृद्ध प्रदेश, राष्ट्र र समतामूलक समाज निर्माणका लागि हाम्रो संविधानको पूर्ण पालन, संरक्षण र संवद्र्धन अनिवार्य शर्त हो । नयाँ संविधान जारी भएको ७ वर्ष पुगिसकेको सन्दर्भमा संविधान पालनमा केहीं चुनौती आएता पनि राष्ट्र सहि बाटोमा फर्किएर अगाडि बढिरहेको छ । म यस अवसरमा संविधानको पूर्ण पालन र संवर्धनका लागि सबै प्रदेशबासी एवं नेपालीहरुमा आग्रह गर्दछु । संविधान गतिशील दस्तावेज भएकोले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजान सकिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ ले संघ, प्रदेश र स्थानीयतह गरी ३ तहको राज्यको संरचनाबाट जनतालाई प्रत्यक्षरुपमा सेवा प्रवाह गर्ने गरी गरेको व्यवस्था अनुसार प्रदेश सरकार संघ र स्थानीय तहरुलाई संयोजनका लागि महत्पूर्ण भूमिका निर्वाह गर्दै यस प्रदेशबासीको जीवनलाई समृद्ध बनाउन  “समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश” बनाउने आकांक्षाको यात्रामा प्रदेश सरकार पूर्ण प्रतिवद्ध रहेको कुरा समेत व्यक्त गर्दछु । 
     
    अन्त्यमा, २०७२ को संविधानको व्यवस्थानुसार स्थानीयतहमा निर्वाचित जनप्रतिनिधीले प्रथम कार्यकाल पुरा गरी २०७९ बैशाख ३०  गतेबाट दोस्रो कार्यकालको शुरुवात गरेका छन् भने संघ र प्रदेशका लागि आगामी २०७९ मंसिर ४ मा निर्वाचन सम्पन्न हुँदैछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ ले जन्माएको नयाँ संरचना प्रदेश सरकारले संविधानको पूर्ण परिपालना एवं कार्यन्वयन गर्दै स्थानीय तह र संघको बीचमा उचित समन्वय सहकार्य र समझदारी गर्दै संघीयताको मर्म अनुसार पहिलो कार्यकालमा प्रदेशतहको परिपाटी र स्थापित गरेका छांै । संविधानको कार्यन्वयन र नेपालको संघीयतालाई बलियो बनाउनको लागि परिवर्तनकारी आन्दोलनका सहयात्री र गणतन्त्रका पक्षधरहरु एकीकृत हँुदै आम नेपालीलाई केन्द्रीकृत गरी संघीयताको कार्यन्वयनको लागि अगाडि बढ्नु पर्दछ । यसर्थ संविधान दिवस–२०७९ ले संविधानको पूर्ण पालना गर्दै नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डतालाई सुदृढीकरण गरी समुन्नत देश एवं समृद्ध प्रदेश एवं राष्ट्र निर्माणका लागि सबै प्रदेशवासी एवं समस्त नेपालीलाई प्रेरणा देओस् ।    
      
    संविधान दिवस–२०७९ को शुभकामना ।
             धन्यवाद ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।